म्याग्दीका ३९५ जनालाई सुत्केरी पोषण खर्च वितरण

Gandaki Pardesh notice

बेनी, म्याग्दीका करिब चार सय जना सुत्केरीले रु. ३५ लाख भन्दा बढी पोषण खर्च पाएका छन् । स्थानीय तहहरुसँगको समन्वयमा ३९५ जना सुत्केरीलाई पोषण खर्च वापत रु. ३५ लाख ५५ हजार वितरण गरेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले विपन्न, दलित र लोपोन्मुख समुदायका आमा र शिशूलाई पोषणको कमी हुन नदिनका लागि ‘सुत्केरी पोषिलो खर्च’ वापत रु. नौ हजारका दरले वितरण गरिएको जानकारी दिनुभयो ।

“संघीय अनुदानमा प्रदेश सरकारले सुत्केरी पोषिलो खर्च वितरण गर्न आर्थिक वर्ष २०७९÷०८० मा म्याग्दीमा रु. ७८ लाख बजेट पठाएको थियो,” उहाँले भन्नुभयो “संस्थागत प्रसुति सेवा लिएका दलितका साथै स्थानीय तहले प्रमाणित गरेको आधार विपन्न र लोपोन्मुख समुदायका सुत्केरीलाई उनिहरुको बैंक खातामा रकम पठाइएको हो ।”

Shreekrishna hardwear in news

२० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माएका र नागरिकता नभएका किशोरी सुत्केरीहरु भने यो सुविधाबाट बञ्चित भएका छन् । स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन र पोषणको विषयमा सचेतना फैलाउनुका साथै यस वर्षदेखि खर्च उपलब्ध गराउन थालिएको हो ।

Bhautik ministry notice about road

नियमित खोप र स्वास्थ्य परीक्षण गराउन गर्भवतीलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम प्रभावकारी भएको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले बताउनुभयो । यसैगरी म्याग्दीका ३३ वटा खानेपानीका मुहानमा पिउन अयोग्य ‘इकोली’ जिवाणु भेटिएको छ ।

दिसामा भेटिने इकोली जिवाणुले झाडापखलाजन्य रोग निम्त्याउँछ । जिल्लाभर १११ वटा मुहानको पानी परिक्षण गर्दा ३३ वटामा इकोली जिवाणु भेटिएको कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको १९ वटा मुहानको परिक्षण गर्दा कुनैमा पनि इकोली भेटिएन् । बेनी नगरपालिकाको ४७ वटा मुहानमा १४ वटामा, मंगला गाउँपाकिलाको ७ वटा मध्य ४ वटामा, मालिका गाउँपालिकाको ८ वटा मध्य ४ वटामा, रघुगंगाको २२ मध्य ७ र धवलागिरीको ८ मध्य ४ वटामा इकोलीको जिवाणु भेटिएको छ ।

आगामी आर्थिक वर्षमा इकोली जिवाणु भेटिएको मुहानमा पानी शुद्धिकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा बिनियोजन भएको कुल रु. पाँच करोड दश लाख ४२ हजार मध्य रु. तीन करोड सत्तरी लाख ७९ हजार ४०० अथवा ७३ प्रतिशत खर्च गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...