साउने संक्रान्तिमा अन्नपूर्णमा सार्वजनिक विदा

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले साउने संक्रान्तिका दिन सार्वजनिक विदा दिने भएको छ ।

गाउँपालिकाले शुक्रबार स्थानीय राजपत्रमा सूचना प्रकाशन गरेर २०८० साउन १ गते सोमबार सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।

गाउँपालिका, शाखा, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्था लगायत पालिका मातहतका सबै कार्यालयमा विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मगर समुदायले साउन १ गतेलाई महत्वका साथ पर्वको रुपमा मनाउने गर्छन् । साउन १ गते हिउँद र माघ १ गते बर्खा शुरु भएको मान्ने गर्दछन् । अन्नपूर्ण गाउँपालिकामा मगर समुदायको बाहुल्य बसोबास छ ।

गाउँपालिकाको ठूलो जनसंख्याले महत्वका साथ मनाउने पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलेबताउनुभयो । माघे र साउने संक्रान्तिमा आफन्तलाई बोलाएर मिठा मिठा परिकार पकाएर खुवाउने, नाचगान र रमाइलो गर्ने चलन छ । यसैगरी रोगब्याधी नलागोस भनेर राँको फाल्ने पनि चलन छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...