अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्धार सामग्री हस्तान्तरण

Gandaki Pardesh notice

सुरेन गुरुङ
पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्धारका सामग्री हस्तान्तरण गरिएको छ ।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालले उत्थानशील, खानेपानी, सरसफाई तथा विपद् तयारी कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकालाई रु. सात लाख मूल्य बराबरको सामग्री उपलब्ध गराएको हो ।

गोर्खा वेल्फेयरका विपद् व्यवस्थापन अधिकृत सुमेरु त्रिपाठीले शुक्रबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी र कार्यपालिका सदस्यहरुलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बाढी, पहिरो, कटान, आगलागी जस्ता विपद्मा खोज तथा उद्धारमा प्रयोग हुने ७३ किसिमका सामग्री सहयोग गरेको गोर्खा वेल्फेयरले जनाएको छ । गाउँपालिकाले पनि थप रु. चार लाख मूल्य बराबरको विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पालिकाले खरिद गरेको र गोर्खा वेल्फेयरले उपलब्ध गराएको सामग्रीले विपद्को अवस्थामा खोज र उद्धारको काम सहज एवम् छिटो गर्न सहयोग पुग्ने बतानुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले विपद् व्यवस्थापनको पुर्व तयारीका लागि आपतकालिन संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । “आपतकालिक केन्द्रमा भएका सामग्रीलाई विपद्को अवस्थामा परिचालन गर्छौ,” उहाँले भन्नुभयो “आवश्यकता परेको ठाउँमा सामग्री पठाउँछौ र पुन केन्द्रमा संकलन गरेर राख्छौ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...