शिखमा खेलमैदान र सामुदायिक भवन बनाइदै

Gandaki Pardesh notice

सुरेन गुरुङ

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा खेलमैदान र सामुदायिक भवन निर्माणको तयारी भएको छ ।

न्यू कान्छि बाराही युवा क्लवको खेलमैदान र शिख आमा समूहले शिख देउराली स्थित वडा कार्यालय भवन छेउमा सामुदायिक भवन निर्माण गर्न लागेका हुन् । क्लव र आमा समूहले आन्तरिक स्रोत तथा दाताको सहयोगबाट साढे चार आना जग्गा व्यवस्थापन गरेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

देउबहादुर पुर्जाले आठ आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको छ । ज्ञानमाया तिलिजाबाट रु. १२ लाख मूल्य पर्ने जग्गा खरिद गर्ने क्रममा रु. तीन लाख दिवंगत आफन्तको नाममा छुट गर्नुभएको थियो । रु. नौ लाख क्लव र आमा समूहको कोषबाट व्यवस्थापन गरिएको न्यु कान्छि बाराही युवा क्लवका अध्यक्ष उमेश पाईजाले बताउनुभयो ।

जग्गामा खेलमैदान र सामुदायिक भवन बनाउन जग्गा सम्माउन थालिएको छ । खेलमैदान निर्माण गर्न आगामी आर्थिक वर्ष २०८०÷०८१ मा वडा कार्यालय मार्फत रु. दश लाख र गाउँपालिकाबाट रु. सात लाख बिनियोजन भएको छ । गत वर्ष जनैपूर्णिमा मेला सञ्चालन गर्दा क्लवले जुटाएको रु. १२ लाख परिचालन गरेर जग्गा खरिद र सम्माउने काम गरिएको हो ।
थप बजेटका लागि गण्डकी प्रदेश सरकारसँग पनि प्रस्ताव गरिएको क्लव र आमा समूहले जनाएका छन् । खेलमैदान र सामुदायिक भवन नहुँदा स्थानीय शिख माविको खेलमैदान र भवन प्रयोग हुने गरेको छ । विद्यालयमा खेलअभ्यास, प्रतियोगिता सञ्चालन र भेला, बैठक गर्दा पठनपाठन प्रभावित भएको हुँदा छुट्टै भवन र खेलमैदानको आवश्यकता परेको शिख आमा समूहका अध्यक्ष मिना तिलिजाले बताउनुभयो ।

खेल अभ्यास, प्रतियोगिता सञ्चालन गर्न खेलमैदान भएमा सहज हुने अपेक्षा गरिएको छ । सामुदायिक भवनलाई बिवाह, छेवार, किरीयाको भोजभतेर, सांस्कृतिक कार्यक्रम, भेला, बैठक, तालिम, गोष्ठि सञ्चालनमा पनि प्रयोग गर्न सकिने टोल सुधार समितिका अध्यक्ष जितबहादुर पाईजाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...