पहिरोले लघुजलविद्युत परियोजनाको विद्युगहृत बगाएपछि लुलाङ अन्धकार

Add Samajik bikash office

बेनी, पहिरोले लघुजलविद्युत परियोजना बगाएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ अन्धकार बनेको छ ।

मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बिहिबार बिहान १० बजे पहिरोले बगाएको हो । परियोजना बगाउदाँ लुलाङ, खोरीया, लमसुङ र मरेनीका ३७० घरधुरी अन्धकार बनेका धवलागिरी गाउँपालिका–२ का वडा अध्यक्ष अकप्रसाद बिकले बताए ।

‘नहरबाट आएको पानी संकलन हुने टंकी भरिएर बग्दा खसेको पहिरोले विद्युतगृह र पेनस्टक पाईप बगाएको छ,’ उनले भने ‘पेनस्टक पाइप, विद्युतगृह र उपकरणहरु पहिरोले खोलामा मिसाएको छ ।’

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

वि.स. २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना वि.स. २०७२ मा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत यो सहित तेस्रो पटक पहिरोको चपेटामा परेको छ ।

केन्द्रिय प्रशारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत सुविधाका लागि लघुजलविद्युत परियोजनामा निर्भर छन् । परियोजना बन्द हुँदा लुलाङका बासिन्दाको जनजिवन प्रभावित भएको छ । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोवाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको छ ।

विद्यार्थीलाई पढ्न र स्थानीयबासीलाई घरायसी काम गर्न समस्या भएको छ । पछिल्लो पटक परियोजना मर्मत गर्न गाउँपालिकाले १२ लाख रुपैयाँ र स्थानीय पूर्वाधार विकास कार्याक्रम मार्फत दश लाख रुपैयाँ खर्च भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...