भगवतिमा वडा कार्यालय भवन निर्माण

Gandaki Pardesh notice

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिमा वडा कार्यालय भवन निर्माण भएको छ । भगवतिस्थित सिरसिरेडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो ।

Bhautik ministry notice about road

वडा सदस्य उमादेवी केसीले नयाँ भवनबाट सेवा प्रवाह गर्न थालिएको जानकारी दिनुभयो । सेवा प्रवाहमा सहज भएको छ । “एक तले चार वटा कोठा, महिला र पुरुषका लागि छुट्टाछट्टै शौचालय भएको भूकम्प प्रतिरोधी क्षमताको भवन बनेको छ,” उहाँले भन्नुभयो “वडा अध्यक्ष, सचिब, जनप्रतिनिधी र बैठक कक्षका लागि कोठा छन् ।”
भवन बनाउन २०७८ माघमा भण्डारी निर्माण सेवासँग भ्याट र पिएस सहित रु. ४२ लाख ६९ हजार ९२५ मा ठेक्का सम्झौता भएको थियो । गत वर्षको असार महिनामा सम्पन्न गर्ने लक्ष्य रहेपनि भवन निर्माण स्थलको जमिनभित्र ढुङ्गा भेटिएपछि डिजाइन परिवर्तन गरेर निर्माणलाई पूर्णता दिन करिब एक वर्ष समय लम्बिएको हो ।
गाउँपालिकाका इञ्जिनियर सुदिप गौतमले भवन निर्माणमा रु. ४० लाख खर्च भएको बताउनुभयो । यसअघि वडा कार्यालय सञ्चालन भएको पुरानो भवन साँघुरो र जिर्ण छ । सेवा प्रवाह गर्न असहज भएको थियो । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज र ब्यवस्थित भएको वडा सचिब बिष्णु भण्डारीले बताउनुभयो ।
रघुगंगा गाउँपालिकाको ८ वटा मध्य वडा न. ३ पिप्ले, वडा नम्बर ६ पाखापानी र ७ पाखापानीको आफ्नै कार्यालय भवन छन् । वडा नम्बर १ बेग, ४ दग्नाम, ५ झिँ र ८ कुइनेमंगलेमा वडा कार्यालयको भवन छैनन् ।
बेगको वडा कार्यालय स्वास्थ्य चौकीको भवनबाट सञ्चालन भएको छ । दग्नाममा सामुदायिक र कुइनेमंगलेमा बिद्यालय भवनको कोठाबाट वडा कार्यालय सञ्चालन भएको छ । भाडाको घरमा राखिएको झिँको वडा कार्यालयको चालु आर्थिक वर्षदेखि नयाँ भवन निर्माण शुरु भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...