भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान र स्तरोन्नति भएको छ ।

गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत सडक विस्तार र ढलान भएको हो । पूर्वाधार विकास कार्यालयसँग गत जेठ ३ गते सम्झौता गरेका उपभोक्ता समितिले डेढ महिनाको अवधिमै योजना निर्माण सकेका हुन् ।

Bhautik ministry notice about road

म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित सांसद हरिबहादुर भण्डारीको सिफारिसमा रु. पचास लाख बिनियोजन भएको थियो । उपभोक्ता समितिका अध्यक्ष सुर्यबहादुर भण्डारीले थप रु. पाँच लाख बराबरको श्रमदानमा सडक निर्माण गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

२४३ मिटर दुरिमा ८८ घनमिटर ढलान गरिएको सडकलाई विस्तार गरेर ६ देखि ८ मिटर फराकिलो बनाइएको छ । ११० घनमिटर ग्यावीयन पर्खाल, २४३ घनमिटर मेसिनरी पर्खाल, ८७ घनमिटर सोलिङ, २१ घनमिटर पिसिसी ढलान गर्न पाँच हजार ४०० किलो फलामको रड प्रयोग भएको निर्माण समितिले जनाएको छ ।

ग्रेड सुधार गरिएको सडकबाट तीन हजार जनसंख्या लाभान्वित भएका छन् । यसअघि कच्चि, साँघुरो र उकालो सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने समस्या थियो । स्थानीयबासी धर्मराज खत्रीले सडक ढलान भएपछि हिलो र धुलोबाट मुक्ति पाउनुका साथै जोखिम घटेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...