रघुगंगामा ७९ प्रतिशत बजेट खर्च

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० मा ७९.०३ प्रतिशत बजेट खर्च गरेको छ ।

कुल रु. ५३ करोड ९९ लाख पाँच हजार बजेट बिनियोजन भएकोमा रु. ४६ करोड ९१ लाख २४ हजार आम्दानी गरेको रघुगंगाले भुक्तानी गर्ने अन्तिम मिति असार २४ गतेसम्म रु. ४२ करोड ६७ लाख ३४ हजार खर्च भएको जनाएको छ ।

गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीले चालुतर्फ रु. ३५ करोड ११ लाख ५१ हजार बिनियोजन भएकोमा रु. २९ करोड १८ हजार ९६ हजार अथवा ८५.०२ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

पुँजिगततर्फ रु. १८ करोड ८३ लाख ५४ हजार बिनियोजन भएकोमा ६७.८७ प्रतिशत अथवा रु. १२ करोड ७८ लाख ३७ हजार खर्च भएको छ । चालु बजेट कर्मचारी, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मीहरुको तलबभत्ता र शसर्त कार्यक्रममा खर्च हुन्छ ।

पुजिगत बजेट विकास योजना तथा कार्यक्रममा खर्च हुन्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले १६८ वटा योजना मध्य १६६ वटा कार्यान्वयन भएको बताउनुभयो ।

Bhautik ministry notice about road

पहिलो चौमासिकमै उपभोक्ता समिति गठन, जनप्रतिनिधि र कर्मचारीहरुको सक्रियतामा २ वटा बाहेक सबै योजना कार्यान्वयन गर्न सफल भएको प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।

यस वर्ष भगवति र झिँको वडा कार्यालय, चिमखोलाको स्वास्थ्य चौकी, रितुङ माविको भवन, झिँ–टोड्के सडक, भगवति चिस्यान गृह, घुमाउनेताल–तिल्केनीचौर–राहुघाट नदी नियन्त्रण लगायतका गौरवका आयोजना कार्यान्वयन भएका थिए ।

यस वर्ष निर्माण भएका खानेपानी आयोजनाबाट ५७३ परिवारका दुई हजार २६९ जनसंख्या लाभान्वित, १.२७ किलोमिटर ढल, २ वटा झोलुङ्गे पुल, १७६ मिटर सडक ढलान, ३७९ मिटर ग्रावेल, सात किलोमिटर नयाँ सडकको मार्ग खोलिएको गाउँपालिकाका ईञ्जिनियर सुदिप गौतमले बताउनुभयो ।

१३ वटा खेलमैदान, १५ वटा सामुदायिक भवन निर्माण, एक किलोमिटर ४१२ मिटर गोरेटोबाटो, विद्यालयहरुमा २७५ मिटर घेराबार, १६९ मिटर तटबन्ध र ३ वटा पोखरी तथा तालतलैयाको संरक्षण भएको छ ।

आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि रु. ४३ करोड ५७ लाख ८७ हजार ६ सय बराबरको बजेट पारित गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । विकास निर्माण योजना कार्यान्वयनमा रोजगारी सिर्जना गर्न स्थानीय स्रोत, साधन र जनशक्तिको प्रयोगमा जोड दिएको रघुगंगाले शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, खानेपानीको पहुँच विस्तार र सडकको स्तरीकरणमा जोड दिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...