स्व. दाहालको स्मृतिमा समाजवादी मोर्चा म्याग्दीको श्रद्धाञ्जली

Gandaki Ghumau

बेनी । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार स्व. सिता दाहालको स्मृतिमा बुधबार बेनीमा समाजवादी मोर्चा म्याग्दीले श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमति समेत रहनुभएकी दाहालको उपचारको क्रममा बुधबार बिहान काठमाडौको नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको थियो ।

Gunasthariya Shiksya

समाजवादी मोर्चामा आवद्ध माओवादी केन्द्र, नेकपा, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले स्व. दाहालको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नेताहरुले दाहालको योगदानको चर्चा गर्नुभएको थियो ।

Shreekrishna

माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, नेकपा म्याग्दीका ईच्चार्ज उषा घर्ति घिमिरे, नेकपा एकिकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले संविधान कार्यान्वयन, प्राप्त राजनीतिक उपलब्धीको रक्षा, सुशासन, आर्थिक सम्बृद्धि सहितका विषयमा सहकार्य गर्न मोर्चा बनेको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...