बेनीमा बजार अनुगमन

Gandaki Ghumau

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा बुधबार बजार अनुगमन गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको अगुवाईमा बजार अनुगमन गरिएको हो ।

१६ वटा डेरी, किराना र तरकारी पसलको अनुगमन गरिएको कार्यालयका प्रमुख पोषानाथ शर्माले जानकारी दिनुभयो । “बजारका धेरै व्यवसायीहरु दर्ता भएका पाइयो,” उहाँले भन्नुभयो “मूल्य सूचि राख्न र अद्यावधिक गर्न सुझाव दिएका छौ । बिक्रीका लागि राखिएका म्याद नाघेका बस्तु नष्ट पनि गरेका छौ ।”

Gunasthariya Shiksya
Shreekrishna

जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र, नेपाल पत्रकार महासंघका प्रतिनिधिको टोलीले बजार अनुगमन गरेको हो । व्यवसायीहरुलाई सचेत र जिम्मेवार बनाउनुका साथै कर र कानुनको दायरामा ल्याउने, अखाद्य र म्याद नाघेका बस्तुको बिक्रि वितरण नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...