जन्मदिनको अवसरमा आवासीय विद्यालयका छात्रछात्रलाई शैक्षिक सामग्री वितरण

Gandaki Pardesh notice

गोपाल आचार्य

Bhautik ministry notice about road

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयका आवासीय विद्यार्थीहरुलाई एक जना प्रवासीले जन्मदिनको अवसरमा सोमबार शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।
धवलागिरी गाउँपालिका ४ घर भई हाल पोर्चुगलमा रहनुभएका लोकराज रोकाले ३१ जनालाई प्रति विद्यार्थी रु. तीन सय मूल्य बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । वडा अध्यक्ष अशोक खत्री, कार्यपालिका सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुढाथोकी र प्रअ शेरबहादुर केसीले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो ।
रोकाले यसअघि पनि विद्यालयलाई जन्मदिनको अवसरमा शैक्षिक सामग्री सहयोग गर्नुभएको थियो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका, अनाथ, असाहय बालबालिकाहरुको सुविधाका लागि गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको साझेदारीमा चार वर्षदेखि शिवाङमा नमुना आवासीय मावि सञ्चालन हुदै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...