औसत जिपिएका आधारमा लिटिल गार्डेन र गलेश्वर आदर्श अगाडी

Gandaki Pardesh notice

बेनी, । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा औसत जिपिएको आधारमा म्याग्दीमा लिटल गार्डेन एकेडेमि र गलेश्वर आदर्श आवासिय मावि पहिलो हुन सफल भएका छन् ।
विद्यालयबाट परिक्षामा सहभागी भएर उर्तिण भएका विद्यार्थीहरुको औसत जिपिएका आधारमा लिटल गार्डेन र गलेश्वर आदर्शले समग्रमा ३ दशमलब २१ जिपिए ल्याएर प्रथम भएका हुन् । त्यसैगरि सामुदायिक तर्फ बेनी सामुदायिक मावि प्रथम र ज्ञानोदय मावि दोस्रो हुन सफल भएका छन् । औसत नतिजामा बेनी सामुदायिकले २ दशमलब ८६ जिपिए र ज्ञानोदय माविले २ दशमलब ७७ जिपिए ल्याउन सफल भएका छन् ।
एस बर्षको एसइई नतिजामा बेनी स्थित प्रकाश माविका समिर सुवेदीले ४ जिपिए ल्याएर जिल्लामा सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थी घोषित हुनुभएको छ । शिक्षा विकास तथा समन्वय इकाइले माध्यमिक शिक्षा परिक्षा २०७९ को म्याग्दी जिल्लाको तजिजाको तुलनात्मक अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको छ ।
इकाईका प्रमुख दलबहादुर थापाले विद्यार्थीहरुले प्राप्त गरेको जिपिएको आधारमा विद्यालयहरुको क्रम छुट्याईएकोे बताउनुभयो । उहाँले जिल्लामा हरेक बर्ष एसइईमा सहभागी हुने विद्यार्थी संख्या घट्दै गएको र उच्च स्तरीकृत अंक प्राप्त गर्ने विद्यार्थीहरुको सख्ंया पनि घट्दो क्रममा रहेको पाईएको बताउनुभयो । इकाईका अनुसार, जिल्लाको औसत स्तरीकृत अंक गत बर्षको तुलनामा घटेको छ । गत बर्ष २ दशमलब ३१ रहेकोमा यस बर्ष २ दशमलब २५ मात्रै रहेको छ ।

Bhautik ministry notice about road

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...