घारखोला जलविद्युत आयोजनाको परिक्षण आजदेखि

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन शुरु गर्ने भएको छ ।

आयोजनाको प्रर्वद्धक म्याग्दी हाइड्रोपावर प्रा.ली.ले पूर्वाधार निर्माणको काम सकेर परिक्षण उत्पादन गर्न लागिएको जनाएको छ । भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकिएपछि परिक्षण उत्पादन शुरु गर्न लागिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताउनुभयो ।

यसअघि बाँध, डिसेन्डर, एप्रोच क्यानल, सुरुङ, पेनस्टक, टर्वाइन र जेनेरेटरको परिक्षण सफल भएको थियो । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ ।

Shreekrishna hardwear in news

बाँध र ४५ मिटर म्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर)मा गत जेठ अन्तिम साता पानी हालेर परिक्षण शुरु गरिएको थियो । डिसेन्डरदेखि सुरुङ सम्म २४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ ।

Bhautik ministry notice about road

तीन हजार पाँच मिटर लामो सुरुङ पानी बगाएर परिक्षण भइसकेको छ । अमिलाकाफलमा रहेको आउटलेट देखि बिद्युतगृहसम्म ४८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेट देखि बिद्युतगृहको दुरि एक हजार २०० मिटर र उचाई ४८५ मिटर छ । पोखरेबगर स्थित गोजेखोल्सीमा पहाड काटेर विद्युतगृहको भवन निर्माण भएको छ ।

विद्युतगृहमा टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल तर्फका उपकरण जडान गर्ने काम सकिएको आवासीय ईञ्जिनियर जोसेप बज्राचार्यले बताउनुभयो । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.ली. इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली.का प्राबिधिकले विद्युतगृहमा उपकरण जडानको काम गरेका हुन् ।

सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चरले भौतिक संरचना निर्माण सकेको हो । पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तानिएको छ । विद्युत गृहको नजिकै स्वचार्ड बनाइएको छ । परिक्षण अवधिभर बाँध देखि तल घारखोला र विद्युतगृह नजिकैको कालीगण्डकी किनार तथा प्रशारण लाइन वरपर सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

वि.स. २०७४ चैत महिनादेखि शुरु भएको घारखोला वि.स. २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाई भएको हो । कुल रु. दुई अरब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।

नागरिक उर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आव्हान गर्ने प्रक्रीया अन्तिम चरणमा पुगेको प्रर्वद्धकले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...