निशुल्क योग शिविर संचालन

Gandaki Pardesh notice

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निशुल्क योग शिविर संचालन गरेको छ ।
योग शिविरको शनिवार बेनी नगरपालिका वडा नम्वर ८ का वडा सदस्य याम बहादुर बानियाँले उद्घाटन गर्नुभएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा असार साउन १२ गते सम्म संचालन हुने गरि आज देखि शिविर सुरु भएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो ।
शिविरमा बेनी बजारबासी तथा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु समेत गरि ४० जना सहभागी भएका छन । पवित्रा वोगटी केसीले योग अभ्यास गराउनुहुने भएको छ ।
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि वडा सदस्य बानियाँले स्वस्थ जीवनका लागि योगको निकै महत्व रहेको बताउनुभयो । उहाँले सामाजिक कार्यमा अग्रसर बनेकोमा प्रतिष्ठानको प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठान म्याग्दीका संरक्षक अग्रज लोक गायीका धन कुमारी थापा, शिक्षा मार्ग आमा समुहकी अध्यक्ष विष्णु केसी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
२१ दिन सम्म योग शिविर संचालन गर्नका लागि प्रतिष्ठानको अनुरोधमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निशुल्क रुपमा हल उपलब्ध गराएको छ । विहान ४ः४५ देखि ६ बजे सम्म योग अभ्यास गराईने भएको छ ।
मानिस स्वस्थ रहनका लागि योगको आवश्यकता महशुस गरि निशुल्क रुपमा योग शिविर संचालन गरिएको अध्यक्ष जिसीले बताउनुभयो ।
शरिर निरोगी बनाउन तथा तनाव तथा थकान हटाउनका लागि समेत योग साधनाको महत्व छ, अध्यक्ष जिसीले भन्नुभयो, ‘जिल्लाका सवै कलाकारहरुलाई यो शिविरमा सहभागी हुन अनुरोध समेत गर्दछु’ ।
उद्घाटन कार्यक्रम अध्यक्ष जिसीको अध्यक्षता, प्रथम उपाध्यक्ष एकराज चापागाईको स्वागत र द्वितिय उपाध्यक्ष पदम विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...