म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९७ प्रतिशत योजना सम्पन्न

Gandaki Pardesh notice

पोखरेबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९÷०८० मा पूर्वाधार तर्फका ९७ प्रतिशत योजना निर्माण सम्पन्न भएको छ ।

महालेखा परिक्षकको कार्यालयले गरेको परिपत्र अनुसार चालु आर्थिक वर्षको रकम भुक्तानी गर्ने समय दुई दिन बाँकी रहँदा शुक्रबारसम्म ७०.८९ प्रतिशत बजेट खर्च भएको छ । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पूर्वाधारका १६७ वटा मध्य १६४ वटा निर्माण सकिएका जानकारी दिनुभयो ।

“गाउँसभाबाट छनौट भएका १३७, सडक मर्मतका १७, प्रधानमन्त्री रोजगारका ११ र कार्यपालिकाले निर्णय गरेका २ वटा योजना थिए,” उहाँले भन्नुभयो “तीन वटा योजना मात्र कार्यान्वयन हुन सकेन् । समयकै योजना कार्यान्वयन भएकाले आर्थिक वर्षको अन्तमा भुक्तानी र कामको चाप छैन् ।”

Shreekrishna hardwear in news

सडक निर्माण, स्तरोन्नति, खानेपानी, पदमार्ग, सिचाई, पहिरो नियन्त्रण, भवन र पर्यटकीय पूर्वाधार निर्माण सम्बन्धी आयोजना सञ्चालन भएका थिए । समयमै उपभोक्ता समिति गठन र कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ताको सक्रीयताले पूर्वाधारका आयोजना कार्यान्वयन गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

वडा कार्यालयमै प्राबिधिक कर्मचारी खटाउँदा योजनाको लागत अनुमान तयार पार्ने र कार्यान्वयनका क्रममा नियमित निगरानी गरिदाँ समयमै निर्माण र गुणस्तर कायम गर्न प्रभावकारी भएको अध्यक्ष पुनको भनाई छ ।

Bhautik ministry notice about road

वडा नं. १, ३, ४, ७ र ८ का शत प्रतिशत योजना कार्यान्वयन भएका छन् । चालु आर्थिक वर्ष २०७९÷८० का लागि रु. ५४ करोड ४९ लाख बजेट बिनियोजन भएकोमा शुक्रबारसम्म रु. ३८ करोड ६२ लाख ८१ हजार ७५४ खर्च भएको लेखापाल प्रेम पराजुलीले बताउनुभयो । विकास आयोजना तथा कार्यक्रमका पुजिँगत शिर्षकमा बिनियोजन भएको रु. १८ करोड १९ लाख २२ हजार ६०० मध्य ५५.८ प्रतिशत अथवा रु. १० करोड १५ लाख १४ हजार ४८८ खर्च भएको छ ।

शनिबार र आइतबारसम्म संघीय सरकारको विशेष र सशर्त अनुदानका केही आयोजनाको भुक्तानी हुँदा पु्जिगत बजेट खर्च ७० प्रतिशत हुने अनुमान गरिएको छ । दोवामा निर्माण भएको पालिका स्तरीय अस्पताल भवनको रु. एक करोड ७७ लाख संघीय सरकारबाट बजेट नआएकाले भुक्तानी गर्न बाँकी छ ।

प्रदेश सरकारसँगको समपुरक अनुदानमा शिख माविमा छात्रावास भवन र संघीय सरकारको नमुना विद्यालय कार्यक्रम मार्फत ज्ञानप्रकाश माविमा पूर्वाधार निर्माण भएको छ । प्रभा माविमा करिब रु. चार करोड लागतमा छात्रावास भवन र अन्य पूर्वाधार निर्माण शुरु भएको उपाध्यक्ष दिवाकुमारी तिलिजाले बताउनुभयो ।

प्रदेश सरकारको विशेष अनुदानमा करबाकेली देखि पर्यटकीय स्थल मोहरेडाडा जोड्ने पदमार्ग निर्माण भएको छ । गोर्खा वेयलफेयरसँगको साझेदारीमा दाना र पटारमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका ११ वटा आयोजना मार्फत बेरोजगारलाई परिचालन गरेर पदमार्ग निर्माण र सोलिङ गरेर सडक स्तरोन्नति गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...