प्रकाश माविका समिर सुवेदीले ४ जिपिए ल्याए

Gandaki Pardesh notice

बेनी,। म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको प्रकाश मा.वि.का समिर सुवेदीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ मा चार जिपिए ल्याएर उतिर्ण हुनुभएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको नतिजा अनुसार बेनी नगरपालिका–५ का सुवेदीले नेपालभरमा उत्कृष्ट नतिजा ल्याउनुभएको प्रकाश माविले जनाएको छ । सुवेदीले ल्याएको नतिजा नेपालभरको उतकृष्ट नतिजा रहेको विद्यालयका प्रअ लेखबहादुर हमालले बताउनुभएको छ ।

Bhautik ministry notice about road

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले यस बर्षको एसईई परीक्षामा म्याग्दीबाट सहभागि विद्यार्थीमध्ये प्रकाश माविका सुवेदीले ४ जिपिए ल्याएर जिल्ला प्रथम हुनुभएको बताउनुभयो ।

Shreekrishna hardwear in news

एसईइईमा सहभागि एक हजार ९०७ जना विद्यार्थीमध्ये ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २१ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ ग्रेड ल्याउने ६१ जना २.८ देखि ३.२ ग्रेड ल्याउने एकसय ७७ जना, २.४ देखि २.८ ग्रेड ल्याउने तीनसय ८१ जना र २.० देखि २.४ ल्याउनेको संख्या पाचँसय ८० रहेको छ ।

१.६ देखि २.० देखि ग्रेड ल्याउने संख्या चार सय ९७ जना रहेका छन् भने १.२ देखि १.६ ग्रेड ल्याउने एकसय ६८ जना रहेका छन् । ०.८ देखि १.२ ल्याउने ३ जना रहेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...