अन्नपूर्ण गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग निर्माण र सडक सोलिङ

Gandaki Pardesh notice

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग निर्माण र सडकमा सोलिङ गरिएको छ ।

चालु आर्थिक वर्ष २०७९÷८० मा छनौट भएका प्रधानमन्त्री रोजगार कार्यक्रमका सबै आयोजना निर्माण सम्पन्न भएका हुन् । अन्नपूर्ण गाउँपालिकाका रोजगार संयोजक सुमित्रा पौडेलले ८ वटा वडामा बेरोजगारको सूचिमा रहेका व्यक्तिहरुलाई परिचालन गरेर ११ वटा पदमार्ग र सडकमा सोलिङ गर्ने काम भएको बताउनुभयो ।

अन्नपूर्ण–८ उपल्लो नागीमा गोरेटो बाटो निर्माणमा परिचालन भएका ८ जनाको ज्यालाका लागि रु. पाँचख ३८ हजार ७५० बिनियोजन भएको थियो । हिस्तानको दोसल्लो लाखुबारी लुगापलेम मोटरबाटो सोलिङमा परिचालन भएका ९ जनालाई रु. छ लाख पाँच हजार ६५८.२४ ज्याला वापत बिनियोजन भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

घार हाइड्रोपावर मुल सडक देखि घार स्वास्थ्य चौकी हुदै दलित बस्ती सम्म सोलिङ मर्मतमा परिचालन भएका ६ जनालाई रु. चार लाख तीन हजार ५३९ बिनियोजन भएको थियो । पाउद्धार देखि खोप्रा पदमार्ग निर्माण तथा मर्मत सम्भार आयोजनामा परिचालन भएका छ जनालाई ज्यालामा रु. चार लाख सात हजार ६१६ बिनियोजन भएको थियो ।

किम्लाचौर देखि भारानीथान सम्म गोरेटोबाटो निर्माण तथा मर्मत सम्भार आयोजना नारच्याङमा काम गरेका ४ जनाले रु. दुई लाख २३ हजार ७२४ ज्याला बिनियोजन भएको थियो । नारच्याङको छेम्दी देखि ढाक मोटरबाटो सम्म गोरेटोबाटो निर्माण तथा मर्मत सम्भार योजनामा ८ जनालाई रु. पाँच लाख बीस हजार ६२९.१२ ज्याला बिनियोजन भएको थियो ।

कोप्चेपानी देखि पैरोथाप्ला देउराली गोरेटोबाटो निर्माण तथा मर्मत सम्भारमा परिचालन भएका ३ जनालाई रु. एक लाख ९७ हजार ९३६.४६, चुनढुंगा देखि हिलेखर्क सम्म गोरेटोबाटो मर्मत सम्भार आयोजना दानामा ७ जनाको ज्यालाका लागि रु. चार लाख चार हजार २३६ बिनियोजन भएको थियो ।

रु. चार लाख सात हजार ६१६ बिनियोजन भएको भुरुङ तातोपानीको डाठे देउराली गोरेटोबाटो मर्मत सम्भार योजनामा छ जना परिचालन भएका थिए । रु. छ लाख १७ हजार ५०६ बिनियोजन भएको दोवाको देउराली गोरेटोबाटो मर्मत सम्भार आयोजनामा ९ जना परिचालन भएका छन् । रु. पाँच लाख ९३ हजार ८०९ बिनियोजन भएको दोवाको सुनारी मर्मत सम्भार आयोजनामा ९ जना परिचालन भएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...