मंगलाको सिम–कुहुँ–टोड्के सडक कालोपत्र शुरु

Gandaki Pardesh notice

कोत्रवाङ, । म्याग्दीको मंगला गाउँपालिकाको सिम देखि कुहँु हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।

मंगला–२ सिम देखि कोत्रवाङ–पैयुपाँटा हुदै वडा नम्बर १ को कुहुँ–पूर्णगाउँ–टोड्के जोड्ने सडक मार्ग खुलेको करिब १४ वर्षपछि कालोपत्र हुन लागेको हो । संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा सडकको प्रवेश बिन्दुमा पर्ने कोत्रवाङ खण्डमा कालोपत्र गर्न थालिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

“गाउँपालिकाको १ र २ नम्बर वडाको ठूलो भूगोल समेट्ने पर्यटकीय स्थल टोड्के जोड्ने सडकलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानमा छौ,” उहाँले भन्नुभयो “यस वर्ष कोत्रवाङ खण्डमा सडक विस्तार, नाली र पर्खाल बनाएर ६ मिटर फराकिलोका दरले ६६० मिटर कालोपत्र गर्ने काम भैरहेको छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

चालु आर्थिक वर्षमा संघीय सरकार र गाउँपालिकाले रु. ८०÷८० लाख बजेट बिनियोजन गरेका थिए । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि पनि संघीय सरकारबाट रु. एक करोड २० लाख समपुरक अनुदान प्राप्त भएको योजनालाई गाउँपालिकाले पनि रु. एक करोड २० लाख बिनियोजन गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

प्रिमिक्स प्रबिधिको सडक कालोपत्र गर्न रु. एक करोड २५ लाखमा रामकृष्ण कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । संरचना निर्माण सकेको निर्माण कम्पनीले प्राइम कोट बिछ्याएर बुधबारदेखि कालोपत्र गर्न थालेको गाउँपालिकाका प्राबिधिक विपिन आचार्यले बताउनुभयो ।

प्रतिकुल मौसम र निर्माण व्यवसायीको ढिलासुस्तिका कारण आर्थिक वर्षको अन्तिम समयमा कालोपत्र गर्नुपरेको अध्यक्ष रोकाको भनाई छ । प्राविधिक र जनप्रतिनिधिहरुको नियमित निगरानीमा कालोपत्र गर्ने काम भइरहेको छ । सिम–टोड्के सडक मंगला गाउँपालिकाको गौरवको आयोजना हो ।
यो सडकबाट कोत्रवाङ, सल्यान, भरजुला, भाइवाङ, थाईवाङ, पैयुपाँटा, हिदी, तुसारेपानी, कुहुँ र पूर्णगाउँका करिब एक हजार पाँच सय घरधुरी लाभान्वित हुनेछन् । सिमदेखि २२ किलोमिटर दुरीमा मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको दुई हजार तीन सय मिटर उचाईको टोड्केसँग कालोपत्र गर्ने लक्ष्य राखिएको छ ।
स्थानीयबासीका साथै सुर्योदय, हिमाल, पहाडी भूगोल र एकान्त वातावरणमा रमाउन टोड्ने जाने पर्यटकको सुविधाका लागि सडक कालोपत्र गर्ने कामलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ । हिलो, धुलोमुक्त र सुरक्षित सडक भएमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । वि.स. २०६७ मा स्थानीयबासीको अगुवाईमा मार्ग खोलिएको यो सडकको स्तरोन्नतिमा मंगला गाउँपालिकाले पछिल्लो पाँच वर्षयता नियमित आयोजना सञ्चालन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...