बेनीमा बजार अनुगमन टोलीद्धारा म्याद नाघेका खाद्यबस्तु बरामद गरि नष्ट

Gandaki Pardesh notice

बेनी । बेनीका पसलमा छ्याप छ्याप्ती म्याद नाघेका सामाग्री भेटिएको छ ।

सोमबार बजारका पसलहरु अनुगमन गर्दा म्याद नाघेका खाद्य सामाग्री भेटिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा कालीपुल बसपार्कका १० वटा पसलहरु अनुगमन गरिएको थियो ।

म्याद नाघेका पेय पदार्थ, मसला, चाउचाउ, विस्कुट, बच्चाहरुले खाने लेयर्स, कुरकुरे, आटा, चिउरा र मिठाइजन्य बस्तु बरामद गरि नष्ट गरेको अनुगमन टोलीले जनाएको छ ।

Shreekrishna hardwear in news

ब्यवसायीहरुले पसलमा मूल्य सुचि सबै ठाउँमा नराखेको, म्याद नाघेको सामानहरु राखेको, सरसफाईमा ध्यान नदिएको, सामानहरु ब्यवस्थापन नगरेको भेटिएको घरेलु कार्यालयका प्रमुख नन्दलाल पौडेलले बताउनुभयो ।

Bhautik ministry notice about road

बरामद चाडपर्वको समयमा बजारमा अखाद्य र म्याद नाघेका सामग्रीहरुको बिक्री वितरण हुन सक्ने भएकाले अनुगमन सुरु गरेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा जफत गरिएको म्याद नाघेका सामग्रीहरु नष्ट गरिएको छ ।

घरेलु तथा साना उद्योग, प्रशासन, प्रहरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, बेनी नगरपालिकाका प्रतिनिधिहरुले को उपस्थितमा बसपार्कस्थित संचालनमा रहेका खाद्य पसलहरु अनुगमन गरिएको थियो ।

ब्यवसायीहरुलाई डिलरले म्याद सकिने बेलाको सामान विभिन्न स्किमको बाहनामा बिक्री गर्न लगाउने गरेको बताएका थिए । म्याद सिद्धिएका सामग्रिहरु ग्रामिण भेगका पसलहरुमा ब्यवसायीहरुले विक्रि गर्दै आएका छन् । नियम उल्लङ्घन गर्ने ब्यवसायीहरुलाई कारबाही नुहदाँ लापरबाही बढेको छ ।

चाडपर्वलाई लक्षित गरेर गुणस्तरीय सामाग्रीहरु विक्री वितरणका लागि बजारका सबै पसलहरु निरन्तर अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी माया कुवँरले बताउनुभयो । अनुगमनमा खाद्य प्रविधि कार्यालय बागलुङका केदार पौडेल, प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरी, बेनी नगरपालिका दिपक शर्माको उपस्थिति रहेको थियो ।

????????????????????????????????????
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...