जलजलाका सुत्केरीलाई घ्यु र अण्डा उपहार

Gandaki Pardesh notice


बेनी, । पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यु र अण्डा उपहार दिन थालेको थालेको छ ।

संस्थागत प्रसुति सेवा लिनेलाई प्रोत्साहन, घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यु र अण्डा उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्षमा रु. चार लाख बजेट बिनियोजन भएको उपाध्यक्षको सुत्केरी पोषण कार्यक्रम मार्फत संस्थागत सुत्केरी भएकाहरुलाई घ्यु र अण्डा वितरण गरिएको उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“२०७९ साउन देखि यही असार मसान्तसम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुलाई दुई क्रेट अण्डा र एक माना घ्यु वितरण गर्ने कार्यक्रम छ,” उहाँले भन्नुभयो “१,३,३,४७,८ र ९ का करिब २०० जना सुत्केरीलाई घ्यु र अण्डा सम्बन्धीत वडामा पुगेर वितरण गरिएको छ । वडा नम्बर ५ लेकफाँट र ६ शालिजामा बुधबार वितरण गर्ने कार्यक्रम छ ।”

सुत्केरी, गर्भवति र बच्चा दुई वर्षको हुँदा सम्मको अवस्थामा पौष्टिक आहराको व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह गराउने र संस्थागत सुत्केरी सेवामा पुहँच बढाउने कार्यक्रमको लक्ष्य रहेको छ ।

लक्षित वर्ग शिर्षकमा बिनियोजन भएको बजेटबाट उपाध्यक्षको सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिएको हो । जलजला गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख बिन्दु शर्माले घ्यु र अण्डा वितरणका क्रममा स्वास्थ्यकर्मीहरुबाट पोषण र पौष्टिक आहरा तयार पार्ने विषयमा परामर्श पनि दिने गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...