लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकामा आज सार्वजनिक विदा

Gandaki Ghumau

बेनी,र । सांस्कृतिक राजपरिवारका सदस्यको बिवाह उत्सव मनाउन मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएका छन् ।

मुस्ताङी सांस्कृतिक राजा भिग्मे सिङ्गे पलवर बिष्टका ज्येष्ठ छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टको शुभ विवाह उत्सवमा गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले आइतबार एक सूचना प्रकाशित गरी राजकुमारको बिहे उत्सवका अवसरमा लोमान्थाङ गाउँपालिका क्षेत्रमा विविध ऐतिहासिक, धार्मिक, सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जनाउनुभएको छ ।

यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले पनि विष्टको बिवाहका अवसरमा सोमबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष राजु बिष्टले बताउनुभयो । गाउँपालिका कार्यालय, पालिका मातहतका सम्पूर्ण कार्यालयहरू र शिक्षण संस्था एक दिनका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।

Shreekrishna
Gunasthariya Shiksya

लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङका अनुसार स्थानीय परम्पराअनुसार विष्टको विवाह ३ दिनसम्म चल्नेछ । मुस्ताङी राजा मान्ने प्रचलन पन्ध्रौ शताब्दीदेखि सुरुवात भएको हो । हालका मुस्ताङी सांस्कृतिक राजा भिग्मे सिंगे पलवर बिष्ट २६ औं पुस्ताको हुनुहुन्छ ।

झिग्मेका बुवा झिग्मी पलवर विष्टको वि.स. २०७३ मंसिरमा निधन भएको थियो । २०२६ सालदेखि मुस्ताङको राजाको जिम्मेवारी सम्हालेका उहाँ २०६२÷६३ को आन्दोलनपछि राजतन्त्र फ्याँकिएपछि राजाको भूमिकाबाट हट्नुभएको थियो ।

मुलुकमा राजतन्त्रको अन्त्यसँगै झिग्मीले पनि आफ्नो भूमिका राजाका रूपमा नरहेको घोषणा गर्नुभएको थियो । गणतन्त्रपछि राज्यले दिँदै गरेको सुविधा खोसेको थियो । मुस्ताङी सांस्कृतिक राजाको छोराको बिहेमा सामेल हुन लोमान्थाङ र लोघघेकर दामोदरकुण्ड गाउँपालिकाका सर्वसाधारणहरु लोमान्थाङ गएका छन् । लोमान्थाङमा निम्तालुहरुको चहलपहल छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...