अर्गलाको मराङखोलामा पक्कि मोटरेबल पुल निर्माण

Gandaki Pardesh notice

बेनी, म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना अर्गला स्थित मराङखोलामा पक्कि मोटरेबल पुल निर्माण भएको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–६ को सिमाना भएर बग्ने मराङखोलामा २५ मिटर लामो पक्कि पुल निर्माण गरेको हो । धवलागिरी गाउँपालिका–६ का वडा अध्यक्ष राजाराम सुवेदीले पक्कि पुल बनेपछि खोलामा जोखिम मोलेर सवारी साधन वारपार र बर्खामा बाढी आउँदा यातायात अवरुद्ध हुने समस्या हटेको बताउनुभयो ।
“वि.स२०७६ देखि शुरु भएको पुल निर्माण सकिएर यसै महिनादेखि यातायातका साधन आवत जावत गर्न थालेका छन,” उहाँले भन्नुभयो “धवलागिरी गाउँपालिकाको वडा नम्बर ५ मल्कवाङ र ६ मराङका बासिन्दालाई सुविधा पुगेको छ ।”
धवलागिरीको मल्कवाङ, मलम्पार, बुल, राम्चे, मराङ, बेसी, अर्वाङका साथै रघुगंगा गाउँपालिका–८ को कुइनेमंगलेका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माणका लागि वि.स. २०७६ फागुन २९ गते फेवा सावित्री जे.भी. पोखराले रु. दुई करोड ७२ लाख ९४ हजार ५६९ मा ठेक्का सम्झौता गरेको थियो ।
अन्तिम नापजाँच र भुक्तानी बाँकी रहेपनि पुलमा सवारी साधन सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार यसै वर्ष मालिका र धवलागिरी गाउँपालिकाको सिमाना भएर बग्ने म्याग्दी खोलाको भारवाङघाट र मालिका गाउँपालिका ६ र १ को सिमाना म्याग्दी खोलामा दुई वटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...