हेमन्त कान्छाको चिमखोले डोको

Gandaki Pardesh notice

बेनी, । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा रहेको मौलिक सालैजो गीत ‘चिमखोले डोको‘’ सार्वजनिक भएको छ । अमृता नेपालीले स्वरमा साथ दिएको गीत हेमन्त कान्छा रसाइली युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मौलिक सालैजो भाकामा आधारित गीतमा राजकुमार बगरको शब्द रहेको छ भने हेमन्त कान्छाकै संगीत छ । मौलिक शब्द रहेको गीतले माया प्रेमलाई र जीवन परिवेशलाई समेटेको छ । गीतको म्युजिक भिडियोले गीतलाई अझै मौलिकतामा परिचित गराएको छ ।

Bhautik ministry notice about road

गीतको म्युजिक भिडियोलाई पनि हेमन्त कान्छाले नै निर्देशन गरेका हुन् भने सरिस्मा मगर, विजय पुन, हेमन्त कान्छा रसाइली र अस्मिता रन्पालको अभिनय देख्न सकिन्छ । मौलिक गीतले श्रोता दर्शकको माया पाउने अपेक्षा गरिएको छ ।

Shreekrishna hardwear in news

गीतमा प्रयोग भएको शब्द ‘चिमखोले डोको’ म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको प्रख्यात डोको हो । त्यहाँको डोको सहरी क्षेत्र हुँदै प्रवाससम्म उपहारको रूपमा समेत लैजाने चलन रहेको छ । यो गितले म्याग्दीको चिमखोलाको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...