प्रदेश स्तरीय महिला भलिबलको उपाधी म्याग्दीलाई

Gandaki Ghumau

बेनी, । गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा पर्वतलाई दुई का विरुद्ध तीन सेटले पराजित गर्दै म्याग्दीले उपाधी चुमेको हो । पोखरा रंगशालामा भएको फाइनलमा म्याग्दीले पर्वतलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमश ः २५–१६, २५–१७ र १५–११ को अन्तरले पराजित गरेको हो ।

दोस्रो र तेस्रो सेटमा पर्वतसँग म्याग्दी २५–२१ र २५–१७ को अन्तरले पराजित भएको थियो । फाइनल खेलमा रोचक प्रतिस्पर्धा भएको थियो । पर्वतकी पुजा ठकुरीले उत्कृष्ट खेलाडीको उपाधी पाउनुभयो । म्याग्दीका टिम क्याप्टेन पवित्रा सिर्पालीले वेष्ट स्पाईक र रेविना घर्तिले वेष्ट सेटरको उपाधी पाएका जिल्ला खेलकुद विकास समितिका भलिबल खेल प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो ।

Shreekrishna

असार १४ गतेदेखि शुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाको सहभागिता थियो । बिजेता र उपबिजेताले क्रमश रु. एक लाख र सत्तरी हजार नगद पुरस्कार प्राप्त गरेका छन् । म्याग्दीको टिममा मनिषा तिलिजा, रेजिना घर्ति, सस्मीता पुन, सृजना पाईजा, एलिसा रोका, पवित्रा सिर्पाली, अनिषा रोका, युमना बुढा, माया तिलिजा र काजल छन्त्याल मैदानमा उत्रनुभएको थियो ।

Gunasthariya Shiksya

म्याग्दीको टिमको प्रशिक्षक मलिन रोका र व्यवस्थापनको जिम्मेवारी जिल्ला भलिबल संघका कार्यवाहक अध्यक्ष खड्क केसीले पाउनुभएको थियो । शनिबार बिहान भएको सेमि फाइनल खेलमा म्याग्दीले बागलुङलाई पराजित गर्दै पर्वतसँग फाइनलमा भेट पक्का गरेको थियो ।

बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन) लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

म्याग्दीबाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहनुभएका मन्त्री जुग्जाली, अर्का प्रदेश सांसद हरिबहादुर भण्डारी, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले खेल अवलोकन गरेर खेलाडीलाई हौसला दिनुभएको थियो ।

पछिल्लो समय म्याग्दीका खेलाडीहरुले प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगितामा प्राप्त गरेको सफलताले जिल्लाका खेलप्रेमीहरु उत्साहीत भएका छन् । काठमाडौको किर्तीपुर नगरपालिकाले आयोजना गरेको मेयर कप अण्डर १८ राष्ट्रिय बास्केटबल प्रतियोगितामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको हो । एक पछि अर्को प्रतियोगितामा प्राप्त भएको सफलताले म्याग्दीका खेल क्षेत्रमा उत्साह छाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...