बेनीका सुरेश ढुङ्गाना सहित गण्डकी प्रदेशका पाँच जनालाई उत्कृष्ट कृषक पुरस्कार

Add Samajik bikash office

बेनी,। म्याग्दीका सुरेश ढुङ्गाना सहित गण्डकी प्रदेशका पाँच जना कृषक पुरस्कृत हुनुभएको छ ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले बेनी नगरपालिका–७ कुरिलाखर्कको ढुंगाना कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक ढुंगाना सहितका कृषकलाई पुरस्कृत गरेको हो ।

२० औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी र सचिव सहदेव प्रसाद हुमागाईले शुक्रबार पोखरामा पुरस्कार वितरण गर्नुभएको थियो । नवलपुरको रेनुका कृषि फर्मका सञ्चालक गोबिन्द बसेलले रु. तीस हजार राशीको प्रदेश सर्वोकृष्ट कृषि पुरस्कार प्राप्त गर्नुभयो ।

Shreekrishna hardwear in news

मध्यनेपाल नगरपालिका ५ लमजुङको जंगल कृषि पर्मका सञ्चालक इभन जोशी, म्याग्दीका ढुङ्गाना, कास्कीको माछापुच्छ्रे गाउँपालिका –४ को हाम्रो घर अर्गानिक कृषि तथा पशुपन्छी फर्मका सञ्चालक भोजबहादुर तामाङ र तनहुँको भानु नगरपालिका १२ को मिर्लुङ बहुउद्देश्यीय कृषि फर्मका कुशलचन्द्र अधिकारीले रु. बीस÷बीस हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

Bhautik ministry notice about road

म्याग्दीका ढुंगाना वैदेशिक रोजगारीका लागि एक दशक खाडी मुलुकका विभिन्न देशमा बिताएर स्वदेश फर्किएपछि विसं २०७० देखि निरन्तर पशुपालनमा सक्रिय हुनुहुन्छ । कतार, यूएई, बहराइन र साउदी अरबमा गरी दश वर्षपछि स्वदेश फर्केर रु. पाँच लाखको लगानीमा एउटा भैँसी र गाईबाट पशुपालन सुरु गरेका ढुङ्गानाले अहिले मनग्ये आम्दानी गर्दै आउनुभएको छ ।

वैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायमा लागेका ढुङ्गाना गत हप्ता बेनी नगरपालिका वडा नं ७ बाट पनि उत्कृष्ट कृषकका रुपमा सम्मानित हुनुभएको थियो । फार्ममा अहिले स्थानीय र मुर्रा जातका दुहुना भैँसी, जर्सी गाई, बाच्छाबाच्छी गरी ३५ वटा पशु रहेका ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार फार्ममा रहेका ३० दुहुना गाई भैँसीबाट दैनिक दुई सय लिटरसम्म दूध उत्पादन गरी बिक्री हुने गरेको छ ।

फार्म निर्माण, गाई भैँसी खरिदलगायत कामका लागि हालसम्म रु. एक करोड लगानी गरिसकेको ढुङ्गानाको भनाइ छ । फर्ममा तीन जनाले रोजगारी पाएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशबाट उत्कृष्ट कृषकका रूपमा पुरस्कृत हुँदा पशुपालनलाई थप व्यवस्थितरूपमा अगाडि लैजाने ऊर्जा मिलेको ढुङ्गानाले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...