केवी एकेडेमीका विद्यार्थी रोपाइँ सिक्न खेतमा

Gandaki Pardesh notice

धु्रबसागर शर्मा
दरवाङ, । शुक्रबार असार १५ । २० औं राष्ट्रिय धान दिवस । सधैं कक्षाकोठामा बसेर ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो’ भनी पढेका म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङस्थित के.वि एकेडेमीका विद्यार्थीहरूले आज किसानको खेतमा नै पुगेर धान रोपाईमा सहभागी भई धान रोप्ने तरिका र किसानको परिश्रम दुवैलाई राम्रोसँग सिकेका छन्। कक्षाकोठामा प्रायः सैद्धान्तिक सिकाई गर्ने उनीहरुले खेतमा भने व्यवहारिक जीवन उपयोगी शिक्षा प्राप्त गर्न पाएको बताएका छन् ।

असार १५ को अवसरमा विद्यालयले मंगला गाउँपालिका वडा नं ५ छिसवाङमा रोपाई कार्यक्रम गरेको थियो । मंगला गाउँपालिकाले आयोजना गरेको रोपाइँ कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १० सम्मका ९२ जना विद्यार्थीहरु सहभागि भएका थिए । रोपाईमा विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिकाहरू पनि रमाइरमाई खेत रोपाइँमा सहभागि भएका के. वि एकेडेमीका शिक्षक हिरा सिउथानी मगरले जानकारी दिनुभयो ।

छात्राहरुले विउ काड्ने र रोप्ने गरेका थिए भने छात्रहरुले रोपाईका लागि बाउसे गर्न र खेत हिल्याउन सिकेका सामाजिक विषयका शिक्षक सिउथानीले बताउनुभयो । बाउसे गरेपछि छात्रहरुले समेत रोपाई थालेका थिए । यसअघि उनीहरुले रोपाई गर्न चाहिले धानको बीउ ब्याडमा गएर उखेलेका शिक्षक सिउथानीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यो सबै कामका लागि विद्यार्थीहरुलाई शिक्षकशिक्षिकाहरुले सहयोग गर्नुभएको थियो । शिक्षकशिक्षिकाहरुले उनीहरूलाई कामका साथै कामका लागि प्रयोग हुने औजारहरूका बारेमा समेत जानकारी गराउनुभएको विज्ञान विषयका शिक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो ।
“सधैँ कक्षामा बसेर सिक्थ्यौ तर आज चाहिँ खेतमा पुगेर सिकियो” कक्षा ९ का छात्र साहिल पुनले बताउनुभयो । उहाँले भन्नुभयो “किताबबाट मात्रै होइन रहेछ सिक्ने भनेको,यस्तै फिल्ड वर्कबाट पनि धेरै कुरा सिक्न सकिनेरहेछ ।”

विद्यार्थीलाई धानको बिउ राख्नेदेखि धान काटेर चुट्नेसम्मको विधि सिकाइएको अर्का शिक्षक मिनबहादुर सुनारले बताउनुभयो । विद्यालयका संचालक÷निर्देशक हिरा पुनले किसान तथा कृषि व्यवसायमा लागेका व्यक्तिहरूलाई सम्मान गर्न सिकाउने उद्देश्यका साथ कार्यक्रम गरेको बताउनुभयो ।

पुस्तकमा मात्रै सीमित नराखी विद्यार्थीलाई यस्ता विविध विषयका क्रियाकलापहरु विद्यालयले गराउने गरेको उहाँले जानकारी दिनुभयो । यसले विद्यार्थीको ज्ञान फराकिलो हुनका साथै उनीहरूमा व्यवहारिक ज्ञान पनि हुने विश्वास पुनेले व्यक्त गर्नुभयो । रोपाईका साथै विद्यार्थीलाई दही चिउरा खाने पर्वकाबारे जानकारी दिन दही चिउरा खुवाइएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...