बेनी । प्रगतिशिल इञ्जिनियर्स संगठन नेपाल (पिन) म्याग्दी जिल्ला कमिटिले पूर्णता पाएको छ ।
संगठनको अध्यक्षमा कृष्ण रिजाल, उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिबमा अञ्जन खत्री, कोषाध्यक्षमा सुष्पा पौड्याल, सचिवालय सदस्यमा सुदिप गौतम, बिष्णु चापागाई र बिष्णु रिजाल तथा सल्लाहकारमा बिमलरञ्जन कार्की रहनुभएको छ ।
सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबिन घर्ति क्षेत्री, घनश्याम रोकामगर, सतिस सुबेदी, जिवन श्रेष्ठ, सुरेन्द्र आचार्य, अभिमन्यु पौडेल, सुजन केसी, बालकुमार रोका, कमल थापा, दिपेश केसी, रुद्र सापकोटा, दिपक सापकोटा र सुनिल बानिया चयन हुनुभएको संगठनले जनाएको छ ।
तत्कालीन दुई वटा संगठन एकिकरण भएपछि बनेको पिनको जिल्ला कमिटिको अध्यक्षको जिम्मेवारी रिजाल र सचिवको जिम्मेवारी खत्रीलाई दिइएको थियो । बैठकले जिल्ला कमिटिलाई पुर्णता दिएको हो ।