काउलेगौडामा वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन

Gandaki Pardesh notice

काउलेगौड, । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा बिहिबार वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन भएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवस –२०८०को अवसरमा वृक्षारोपणका साथै गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहको भवन उद्घाटन गरिएको छ । वृक्षारोपण शुरुवात र भवन उद्घाटन प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गर्नुभएको हो ।

वन समुहको आन्तरिक आम्दानीबाट करिब रु. दश लाखको लागतमा भवन निर्माण गरिएको अध्यक्ष अमर बस्नेतले बताउनुभयो । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको छ । व्यक्तिका घर, पिडी, आगन र चौतारीमा भेला हुनुपर्ने समस्या हटेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रजिअ लगायत कार्यालय प्रमुख र सुरक्षा अधिकारीहरु, जनप्रतिनिधी, वन कार्यालयका कर्मचारी र सामुदायिक वन समूहका उपभोक्ताहरुले ११५ वटा विभिन्न प्रजातिका बिरुवा रोपेका थिए । चाँप, कल्की, पारिजात, बिरेन्द्रफुल प्रजातिका बिरुवा रोपिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले मानव जिवनसँग वनको सम्बन्ध जोडिएको बताउदै वृक्षारोपण अभियानमा सहभागि हुन र रोपेका बिरुवा हुर्काउन अनुरोध गर्नुभयो । राहुघाट–डाडाखेत राहुघाट प्रशारण लाइनले काउलेगौडा लगायत जति पनि ठाउँमा अधिग्रहण गर्ने जग्गाको उचित क्षतिपुर्ति प्रदान गरिने बताउँदै आयोजना निर्माणमा सहयोग गर्न स्थानीयबासीहरुलाई आग्रह गर्नुभयो ।

डिभिजन वन अधिकृत मनोज रानाभाटले सांकेतिक हिसाबले काउलेगौडाबाट यस वर्षको वृक्षारोपण अभियान शुरु गरिएको बताउनुभयो । उहाँले यसपाली म्याग्दीमा काष्ठ, घाँस र गैरकाष्ठ प्रजातिका ७२ हजार, जडिवुटी प्रजातिका २१ हजार बिरुवा जिल्लाकै नर्सरीमा उत्पादन भएको र ११ हजार ५०० फलफुलका बिरुवा खरिद गरेर वितरण गर्न लागिएको बताउनुभयो ।

गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार त्रिबिक्रम सुवेदीले ६०२ घरधुरी रहेको ठूलो सल्लेरीले काठ र घाँस दाउरा बेचेर भएको आम्दानीबाट सामुदायिक विद्यालय सञ्चालन, आयआर्जन सुधार, विकास निर्माण र सामाजिक काममा पनि योगदान गरेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...