अन्नपूर्णका १९ योजनालाई प्रदेश सरकारको सवा पाँच करोड बजेट

Add Samajik bikash office

बेनी, । गण्डकी प्रदेशका विभिन्न मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १९ वटा योजना तथा कार्यक्रमका लागि रु. पाँच करोड ४३ लाख बजेट बिनियोजन भएको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट दुई, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट सात, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट पाँच, आर्थिक मामिला मन्त्रालयबाट एक, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयबाट चार र आर्थिक मामिला मन्त्रालयबाट एक वटा योजना छनौट भएको हो ।
म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सबैभन्दा बढी भौतिक मन्त्रालयका योजनाका लागि रु. तीन करोड ४५ लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो । पर्यटन मन्त्रालयबाट रु. तीस लाख, सिचाईबाट रु. बीस लाख, आर्थिक मामिला मन्त्रालयबाट रु. ६० लाख, सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट रु. ७५ लाख बिनियोजन भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट अन्नपूर्ण गाउँपालिका ५ को खोप्रालेकमा पर्यटन पूर्वाधारमा रु. बीस लाख, अन्नपूर्ण गाउँपालिका–८ को महभिर देखी कर्पाकेली जाने पदमार्ग निर्माणमा रु. दश लाख बिनियोजन भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई मन्त्रालयबाट अन्नपूर्ण गाउँपालिका–५ को लहरेनी पाउद्धार खानेपानी योजनामा रु. दश लाख, तल्लो शिख खानेपानीलाई रु. दश लाख, शिख उपल्लो गाउँ खानेपानीलाई रु. दश लाख, अन्नपूर्ण गाउँपालिका–१ को दोवा खानेपानी योजना रु. दश लाख बिनियोजन भएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट अन्नपूर्ण गाउँपालिकाको ७ र ८ को महभिर दोसल्लो काफलडाडा नागी सडक स्तरोन्नति रु. एक करोड, अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ पोखरेबगर देखि बैसरी सडक स्तरोन्नतिका लागि रु. तीस लाख, अन्नपूर्ण गाउँपालिका ५ को घारखोला नेपाने पाउद्धार किन्दु स्वात सडक स्तरोन्नतिमा रु. असी लाख, नयाँपुल उल्लेरी कास्की पर्वत, म्याग्दी बाईपास मार्ग (पोखरा–मुक्तिनाथ) जाड्ने मार्गलाई रु. तीस लाख, अन्नपूर्ण गाउँपालिका–६ को चित्रे घोरेपानी सडक स्तरोन्नति रु. तीस लाख, अन्नपूर्ण गाउँपालिका २ र ५ को पाउद्धार तातोपानी कुण्ड जोड्ने झोलुंगे पुलमा रु. पचहत्तर लाख बिनियोजन भएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट अन्नपूर्ण गाउँपालिको ५ को शिखमा हिमाली तथा दुर्गम क्षेत्रका नमुना आवासीय विद्यालयका विद्यालय व्यवस्थापन शिख मावि अन्नपूर्ण गाउँपालिका रु. आठ लाख, आवासीय भवन र पूर्वाधार विकासको निरन्तरता शिख मावि अन्नपूर्ण गाउँपालिका रु. पचास लाख, अन्नपूर्ण गाउँपालिको ८ को काफलडाडा आवि रु. पाँच लाख, अन्नपूर्ण गाउँपालिको ३ को जनकल्याण बाल शिक्षा भवन तथा प्याराफिट निर्माणमा रु. सात लाख र अन्नपूर्ण गाउँपालिको ७ दोसल्ले को ओरेन्ज स्पोट्स क्लवको खेलमैदान रु. पाँच लाख बिनियोजन भएको छ । आर्थिक मामिला मन्त्रालयबाट अन्नपूर्ण गाउँपालिका र प्रदेश सरकारको पचास पचास प्रतिशत लागत साझेदारीमा अन्नपूर्ण ३ को दाना स्वास्थ्य चौकी भवन निर्माणलाई रु. साठी लाख बिनियोजन भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...