दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब साढे दुई लाख मूल्य बराबरको उपकरण सहयोग प्राप्त भएको छ ।

गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धवलागिरी र मालिका गाउँपालिकामा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना मार्फत जिएनआई नेपालको साझेदार संस्था कदम म्याग्दीले सो उपकरण उपलब्ध गराएको हो ।

विपी सेट, इसिजी मेसिन, ड्रेसिङ सेट, माइक्रोस्कोप लगायत १४ प्रकारका रु. दुई लाख ४१ हजार ६० मूल्य बराबरको उपकरण उपलब्ध गराएको कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले गरेको मागको आधारमा उपकरणहरु उपलब्ध गराएको उहाँले बताउनुभयो । उपकरणले केन्द्रको सेवा प्रवाह र बिरामीको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।

मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन र निमित्त प्रमुख प्रशासकीय अधिकृत सोमबहादुर केसीको रोहबरमा कदमका अध्यक्ष पौडेलले केन्द्रका प्रमुख र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष पथबहादुर रोकालाई हस्तान्तरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...