मालिकाका पहिरो पिडितलाई एनआरएनए लग्जम्बर्गको सहयोग

Gandaki Pardesh notice

बेनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) लग्जम्बर्गले म्याग्दीको मालिका गाँउपालिकाका पहिरो पिडितहरुलाई आर्थिक सहयोग गरेको छ ।

Bhautik ministry notice about road

लग्जम्बर्गबाट आएको एक लाख १७ हजार रुपैयाँ जनप्रतिनिधिको रोहबरमा दरवाङमा बितरण गरिएको समन्वय गर्नुभएका नेत्र महतले जानकारी दिनुभयो ।

गाउपालिकाका उपाध्यक्ष खरमाया बिटालु, वडा न. ३ का अध्यक्ष नरबहादुर पुन, ५ का अध्यक्ष पिपला बुढाथोकी र ७ का अध्यक्ष रेशम जुग्जालीको रोहबरमा राहत वितरण गरिएको थियो । गत असार महिनादेखिको पहिरोका कारण मालिका गाउपालिकाको बिम, देविस्थान, दरवाङ, निस्कोट लगायत ठाउँ प्रभाबित बनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...