मोना अमेरिकाको अध्यक्षमा सुभाष भण्डारी

Gandaki Pardesh notice

बेनी, । प्रवासी नेपाली म्याग्देली संघ (मोना) अमेरिकाको अध्यक्षमा सुभाष भण्डारी चयन हुनुभएको छ ।

शनिबार भएको मोना अमेरिकाको अधिवेशनबाट म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना फलियागाउँ घर भई हाल बाल्टीमोरमा बस्दै आउनुभएका भण्डारीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।

Bhautik ministry notice about road

समितिको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र केसी, उपाध्यक्षमा बिराट श्रेष्ठ, तारा गौचन, संजिव बानिया र महासचिवमा ताकमका राहुल केसी चयन हुनुभएको छ । सचिवमा बिरेन्द्रकुमार चन्द्, कोषाध्यक्षमा सिता पुन, महिला संयोजकमा कला केसी, वोर्ड अफ डाइरेक्टरमा केश पुन, टिका रिजाल, ओमप्रकाश केसी र सुदिप केसी चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

मोना अमेरिकाका निवर्तमान अध्यक्ष रघुनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मोनाका अध्यक्ष अमर छन्त्याल लगायतको उपस्थिति रहेको थियो । मोना म्याग्दीमा जन्मिएर पेशा, ब्यवसाय, अध्ययन र रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेकाहरुको साझा संस्था हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...