जलजलाका विद्यार्थीको चित्रकला

Gandaki Pardesh notice

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता भएको छ ।

१६ औं गणतन्त्र दिवसका अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुकाबीच सोमबार पालिका केन्द्रमा आयोजना गरिएको अन्तिमचरणको प्रतियोगितामा जलजला ३ पर्वत बेनी स्थित न्यू होराइजन आवासीय माविका छात्रा कञ्चन पुर्जा पुनले प्रथम स्थान हासिल गर्नुभएको छ ।

यसैगरी अमृत आदर्श बोर्डिङ जलजला ३ का एभ्रील हमाल द्धितीय,बेनी बजार प्रावी पर्वत बेनीकी छात्रा मनिषा कुमारी पण्डितले तृतीय स्थान हासिल गर्नुभयो । प्रतियोगितामा लुङ्दी निमावि जलजला ४ का सञ्जय परियार, अमृत आदर्शका गरिमा कार्की र न्यू होराइजनका छात्रा नदिया रोकाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको पालिकाका शिक्षा शाखा अधिकृत त्रिविक्रम आचार्यले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रमणपत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगिताको पहिलो चरणमा प्रत्येक विद्यालयबाट तिनजनाका दरले ५४ जना विद्यार्थी छनौंट भएका थिए ।

दोस्रो चरणको प्रतियोगिताबाट छनौंट भएका १० प्रतियोगी विद्यार्थीकाबीच पालिका केन्द्रमा सोमबार अन्तिमचरणको प्रतियोगिता गरिएको शिक्षा शाखाको प्राविधिक सहायक देवि रिजालले बताउनुभयो । दोस्रो चरणबाट छनोटमा परेका उत्कष्ट १० प्रतियोगीले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए ।

स्थलगतरुपमै कोरिएका चित्रलाई निर्णायकले मूल्याङ्कनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानका रुपमा छनौंट गरिएको शिक्षा शाखा अधिकृत आचार्यले बताउनुभयो । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गरेर सिर्जनशिलताको विकास गर्नका लागि प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ ।

चित्रकला प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । यस्ता प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिँदै बालबालिकालाई सिर्जनशिल बनाउनुपर्ने उहाँको भनाइ थियो । चित्रकला प्रतियोगिताले बालबालिकाको व्यक्तित्व विकासका साथै पढाईमा पनि सकरात्मक प्रभाव पार्ने पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...