दोवा र भुरुङ्ग–तातोपानीको सिमा बिवाद समाधान

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका–१ दोवा र २ भुरुङ्गतातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन र चरन क्षेत्रको उपभोगका बिषयमा बिवाद रहदै आएको थियो ।

गाउँपाकिलाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, दोवाका वडा अध्यक्ष दिलिप गर्बुजा, भुरुङ्गका वडा अध्यक्ष ओम फगामी, जिसस सदस्य देव गर्बुजा, वडा सदस्य र दुवै वडाका प्रतिनिधिहरुको आइतबार पोखरेबगरमा भएको बैठकले बिवादलाई सहमतिमा टुङ्गाएको हो ।

वि.स २०४६४७ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दा बसोबास गर्दै आएको सुनारीको बस्ती, जग्गा र लेकको चरन तथा वन क्षेत्र प्राबिधिक त्रुटीका कारण भुरुङ्ग तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर दुवै गाउँका बासिन्दाबिच तिब्र बिवाद रहेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सिमा बिवादको विषयलाई लिएर असार ८ गते शुक्रबार दोवाका बासिन्दाहरुले अन्नपूर्ण गाउँपाकिलाको कार्यालय अगाडी नाराबाजी सहित प्रर्दशन गरेका थिए । नक्सामा जे भएपनी भोगचलन गर्दै आएको सिमाना अनुसार नयाँ नक्सा तयार पार्न प्रक्रिया अघि बढाउने र सिमा क्षेत्रको जंगल दुवै गाउँका उपभोक्ताले आफूलाई जहाँ पायक पर्छ त्यही उपभोग गर्ने २०७४ कात्तिक १९ गतेको सहमति कार्यान्वयन गर्ने निर्णय भएको छ ।

सिमा बिवादको विषयलाई लिएर भुरुङ्ग तातोपानीका पुर्व गाविस अध्यक्ष कुलबिर राम्जाली, वडा अध्यक्ष फगामी र पुर्व वडा सदस्य वुद्धी पुन माथि दोवाका बासिन्दाले सामाजिक सञ्जाल र प्रर्दशनका क्रममा लगाएको आरोपको दोवाका बासिन्दाको तर्फदेखि क्षमायाचना मागिएको छ ।

नक्साको त्रुटी सच्चाएर नयाँ बनाउन विशेष गाउँसभाबाट निर्णय गरेर संघीय सरकारसँग प्रक्रीया अघि बढाउने र दुई वडाको विकास योजनाका लागि बजेट बिनियोजनमा भूगोलको आधारमा नभएर हालकै अनुपातलाई आधार मान्ने सहमति पनि भएको भुरुङ्गका वडा अध्यक्ष फगामीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...