बिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाँउपालिका–७ बिमको खरिभिरमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

दरवाङबाट दिच्याम जाँदै गरेको ध १ त ५२६ नम्बरको ट्याक्टर आइतबार राती ११ बजे खरिभिरबाट अन्दाजी ५००÷६०० मिटर तल खस्दा घाइते भएका अर्का एक जनालाई उपचारका लागि पोखरा पठाइएको छ ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिका–३ मौवाफाँटका अन्दाजी २३ वर्षीय आषिस खत्रीलाई सोमबार बिहान बेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायव उपरिक्षक (डिएसपी) किरन जंग कुँवरले बताउनुभयो ।

Shreekrishna hardwear in news

घाइते पर्वतको जलजला गाउँपालिका–२ का ३० वर्षीय प्रविन परियारलाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पतालमा रिफर गरेको छ । खत्री र परियार दुवै जना दिच्यामको भगवति आधारभूत बिद्यालयको भवन निर्माणका लागि बालुवा बोकेर जादै गरेको ट्याक्टरमा सवार थिए । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डिएसपी कुँवरले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...