जलजलाको गाउँसभा असार १२ गतेसम्मका लागि स्थगित

khali

लामाखेत, । गणपुरक संख्या नपुगेपछि पर्वतको जलजला गाउँपालिकाको आइतबार बोलाइएको १४ औ गाउँसभा स्थगित भएको छ ।

गाउँपालिकाको केन्द्र लामाखेतमा दिउँसो ११ बजे बोलाइएको बैठकमा नेकपा एमालेबाट निर्वाचित बुहमत सभाका सदस्यहरु उपस्थित नभएका हुन् ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले गणपुरक संख्या नपुगेकाले गाउँसभा स्थगित गरिएको र गाउँसभाको दोस्रो वैठक असार १२ गते आह्वान गरिएको सूचना पढेर सुनाउनुभएको थियो ।

Shreekrishna hardwear in news

गण्डकी प्रदेशको गाउँसभा÷नगरसभाको सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको कार्यविधि २०७५ को दफा ६ को उपदफा १ बमोजिम गण्पुरक संख्या नपुगेका कारण गाउँसभा स्थगित भएको र सोही दफाको उपदफा २ बमोजिमको प्रावधान बमोजिम १४ औं गाउसभाको दोस्रो बैठक असार १२ का लागि आह्वान गरिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

khali

नीति तथा कार्यक्रम र बजेटमा सहमति कायम नभएको हुँदा गाउँसभामा अनुपस्थित भएको एमालेबाट निर्वाचित वडा नम्बर ५ का वडाध्यक्ष तिलक जिसीले बताउनुभयो ।

‘‘पालिका अध्यक्षले कार्यापालिका सदस्यहरुसँग कुनै सरसल्लाह नगरी नीति तथा कार्यक्रम र बजेट ल्याउन खोज्नुभयो,” उहाँले भन्नुभयो “हाम्रो मागको कुनै सुनुवाई भएन । नीति तथा कार्यक्रम र बजेट कार्यापालिकाबाट पारित भएको छैन । कार्यपालिकाले पारित नगरी कसरी बजेट ल्याउन मिल्छ ? हामी बहुमत कार्यापालिका सदस्यहरुलाई पेल्न खोजेपछि गाउँसभामा अनुपस्थित भएका हौं ।’’

गाउँसभाका ४७ सदस्यहरुमा नेकपा एमालेका २७ र नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्रका गरेर २० जना सदस्यहरु छन् । पालिका अध्यक्ष आचार्यले नीति तथा कार्यक्रम र बजेटमा खासै धेरै असहमति नभएको र सहमतिको प्रयास जारी रहेको बताउनुभयो ।

जलजलाका अध्यक्ष आचार्य र दुई जना वडा अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको हो । उपाध्यक्ष दिपक आचार्य र दुई जना वडा अध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ । एमालेका पाँच जना वडा अध्यक्ष सहित कार्यपालिकाका बहुमत सदस्य छन् ।

जलजलाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु. ४७ करोड १० लाखको बजेट ल्याउने तयारी गरेको थियो । जनप्रतिनिधिहरुको बिवादका कारण संविधानले तोकेको असार गते भित्र बजेट ल्याउन नसक्दा गाउँपालिकाले पाउने अनुदान कटौति हुने र कार्यसम्पादन मूल्याङमा असर पर्ने देखिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...