म्याग्दीका चार वटा स्थानीय तहको बजेट पारित, बेनी र मालिकाको बजेट आज

Add Samajik bikash office

बेनी, म्याग्दीका चार वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट पारित गरेका छन् ।

धवलागिरी, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले बजेट पारित गरेका हुन् । बेनी नगरपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दैछ । असार ६ गतेको गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको मालिका गाउँपालिकाले पनि आइतबारनै बजेट प्रस्तुत गर्दैछ् ।

संघीय र प्रदेश सरकारबाट पाउने अनुदान घटेको तथा आन्तरिक आम्दानीको स्रोत पहिचान गर्न नसकेका कारण म्याग्दीका स्थानीय तहहरुको बजेट यसअघिको वर्षहरुको तुलनामा घटेको छ ।

Shreekrishna hardwear in news

पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिएको धवलागिरी गाउँपालिकाको शुक्रबार मुनामा सम्पन्न बिसौ गाउँसभाबाट रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ ।

Bhautik ministry notice about road

धवलागिरीका उपाध्यक्ष रेशम पुन मगरले हालसम्म सडक नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित वडा नम्बर १ मा पर्ने गुर्जालाई सडक सञ्जालसँग जोड्न सबैभन्दा बढी रु. दुई करोड बजेट बिनियोजन भएको जानकारी दिनुभयो । गाउँपालिकाको प्रशासकीय भवन बनाउन रु. ५० लाख बिनियोजन भएको छ ।

पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको अन्नपूर्ण गाउँपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न सत्रौ गाउँसभामा उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट पारित गरेको हो ।

एक वडा एक गौरवको आयोजनाका रुपमा सडक स्तरोन्नति गर्ने कार्यक्रम बनाएको अन्नपूर्णले यातायात पूर्वाधार निर्माण गर्न रु. चार करोड ६४ लाख ५६ हजार बिनियोजन गरेको छ । गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद गर्न सबैभन्दा बढी रु. दुई करोड बिनियोजन भएको अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

पशुपालन, उद्योग, व्यापार, पर्यटनको प्रवद्र्धन, विकास आयोजना मार्फत रोजगारी सिर्जना सँगै शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, खानेपानीको पहुँच विस्तार र सडकको स्तरीकरणमा जोड दिएको रघुगंगा गाउँपालिकाको १५ औ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु. ४३ करोड ५७ लाख ८७ हजार ६०० को बजेट पारित भएको छ ।

मंगला गाउँपाकिलाको १६ औ गाउँसभामा उपाध्यक्ष पेमा अधिकारी क्षेत्रीले प्रस्तुत गर्नुभएको रु. ४४ करोड ८१ लख ११ हजार ७०० बराबरको बजेट पारित भएको छ । पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनमा जोड दिएको मंगला गाउँपाकिलाको प्रशासकीय भवन बनाउन जग्गा खरिद गर्न सबैभन्दा बढी रु. दुई करोड बिनियोजन भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...