तरकारिको महत्व र विषदीको असर

Sinchai Khanipani notice
कुशल जिसी
Bhautik ministry notice about road

हामी दैनिक तरकारिको सेवन गर्छाै । धेरै मानिसको मानसिकता भने तरकारि भोजनलाई मिठो बनाउनका लागि मात्र खान्छौ भन्ने रहेको छ । तर हाम्रो जिवनमा तरकारिको धेरै ठुलो महत्व छ भन्ने कुरा हामिलाई त्यति ज्ञान छैन । स्वस्थ्यको दृष्टिले हरियो तरकारि हाम्रो जिवनका लागि अपरिहार्य छ ।
हरियो तरकारिमा मानिसको शरिरको लागि नभइ नहुने प्रोटिन, भिटामिन, कार्वाेहाडे«ड, खनिज पदार्थ आदि पौष्टिक तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । अझ तरकारिमा पाइने एक प्रकारको रेसाले त पेट सफा गर्ने मद्दत गर्छ । यसका साथै तरकारिले भोक जगाउछ र हाम्रो पाचन शक्ति पनि बढाउछ । हरियो तरकारिले रोग सहन सक्ने क्षमता बढाउनुका साथै स्वस्थ तन्दरुस्त राख्न मदत गर्छ ।
हामिले दैनिक चाहिने जति तरकारिको सेवन गरेमा कुपोषण हुन पाउदैन् । कुपोषणका कारण लाग्ने रोगहरुबाट बच्न सकिन्छ । कार्वोहाडे«ड र चिल्लो वस्तु वाहेक अन्य पोषक तत्व शरिरमा पुरा गर्न प्रति दिन प्रति व्यक्ति कम्तिमा २५० ग्राम ताजा तरकारि र १०० ग्राम फलफुल खाने गर्नु पर्छ । त्यस मध्य १०० ग्राम हरियो सागसब्जि, १०० ग्राम कन्दमुल वा जरे तरकारि र ५० ग्राम कोसे तरकारि खाने गर्नु पर्छ ।
हाम्रो शरिरलाई फाइदा गर्ने उदेश्यका साथ सेवन गर्ने गरेको तरकारिमा विषदि र अत्यधिक रासायनिक मलको प्रयोग गरिदा त्यस तरकारिले हामिलाइ फाइदा गर्नुको सट्टा दिन प्रति दिन हानी गर्दै गइरहेको छ । बिषदि सम्बन्धी यसै प्रसंगलाइ कथाकार हरिप्रसाद भन्डारीले लेखेको लघुकथालाइ जोड्न चाहन्छु ।
खेत भरि लहलह काउलीका फुलहरु फुलहरु फुलिरहेका थिए । उमेर पुगेका काउली काट्न र बजार पठाउने काम भइरहेको थियो । गंगाधरले खेतको एकापट्टी किनारामा खाल्टो खनेर भर्खर काटेका काउलीका हरिया पातहरु गडिरहेका थिय । त्यसै बेला गगांधरको दाइको छोरा खेतमा आइ पुग्छ र काकालाइ सोध्न थाल्छ । किन काका, काउलीका यति राम्रा र हरिया पात गाइलाई खान नदियर खाल्डोेमा गाड्न लाग्नु भएको ? “ गगांधरले दव्रे हातले कोदालोको बिड समाउदै ठाडो पारेर पुलुक्क भतिज तिर हेर्दै भने कडा विषदि हालेको छ गाइलाई खुवायो भने त गाई ठहरै पर्छ नि बावु त्यसैले गाडेको ।
ह ! भतिज लाई अचम्म लाग्यो र पुन काकालाई सोध्न थाल्यो । पात गाडे पछि काउलीको फुल के गर्ने नि काका ? फुल त बिक्री भएर बजार जान्छ नि । बजारमा बस्नेलाइ के थाहा यसमा बिषदी प्रयोग भएको उनीहरुले जस्तो नि खान्छन् । गंगाधरले रहजै उत्तर दियो । हाम्रो समाज यस्तै परिस्थितीबाट गुज्रिरहेको छ ।
कतिपय किसानलाई बिषदिको राम्रो ज्ञान छैन भने कतिपय बिषदिको बारेमा ज्ञान भयका किसानले पनि विषदी हालेको भोलीपल्ट नै तरकारिको राम्रो मुल्य पाएमा उक्त तरकारि बजारमा पठाउने गरेका छन् । जसले गर्दा आम उपभोक्ताहरु तरकारिसँग विषदि पनि सेवन गर्न बाध्य छन । कुनै जमाना थियो हाम्रा किसानहरु बिषदि प्रयोग गर्न जान्दैनथे र बिषदी लगेर दिदा नि प्रयोग गर्न मान्र्दनथे । तर अब यस्तो जमाना आयो चाहिने भन्दा बढी विषादी प्रयोग गरि बढि उत्पादन लिने होडबाजि नै चलेको छ । आम कृषकले यो कुरा बुज्नु जरुरी छ कि विषदी औषधि होइन बिष हो । बिष हाम्रो शरिरमा प्रवेश गरेमा जसरि नि हाम्रो स्वास्थ्यमा नकरात्मक असर पार्छ । यसरि हामिले दैनिक विषदि प्रयोग गरेर तरकारि सेवन गर्दा विषदिलाइ शरिरले पचाउन सक्दैन हरेक दिन विषदी हाम्रो शरिरको कोषहरुमा जम्मा हुन थाल्छ । लामो समय पछि उपभोक्ताले थाहै नपाइकन उनीहरुको शरिरमा नयाँ नयाँ रोगहरु पैदा हुन्छन । गर्भवति महिलाले बढि विषदी प्रयोग गरेका तरकारि सेवनले गरेमा गर्भमा रहेको बच्चालाइ समेत नराम्रो असर पार्ने गरेको विज्ञहरु बताउछन् । त्यसैले अब हामिले सोच्ने बेला आएको छ । अहिले सम्म प्रयोग हुदै आएका हानिकारक रसायनिक विषदीलाइ रोक्दै त्यसको सट्टामा जैविक विषादी प्रयोग गरौँ । अर्गानिक खेति तर्फ आकर्षित हुन सबैलाइ हौसला प्रेरित गरौँ । देशमै कम्पोष्ट मल र जैविक विषादीका उद्योग स्थापना गरि शुद्घ उत्पादनमा वृिद्घ र रोजगारीको सृजन गरौँ ।
यदि विषदी प्रयोग नगरि नहुने अवस्था आयमा विधी पु¥यार प्रयोग गर्नु पर्छ । विषदी प्रयोग गरिसके पछि तोकिएको अवधि पुरा गरेर मात्र बजारमा विक्री गर्न लैजाने गरौ । त्यसको लागि प्रविधि छ साधन छ सिकौ बुझौ छलफल गारौ कहाँ के कस्त साधन हरु छन् ? कसरि प्रयोग गर्ने ? प्रविधिको प्रयोग गरि सफा स्वच्छ र शुद्घ तरकारि उत्पादनमा लागौं । साच्चिकै कृषि क्रान्ति गरि देशमा अर्थिक उन्नति र रोजगार सृजना गर्ने हो भने सम्पुर्ण युवा शक्तिलाइ कृषि क्षत्रमा समर्पित गरौं । देश निर्माणको लागि कुनै न कुनै पुस्ताले ओभर टाइम कर्म त गर्नै पर्छ त्यो त्यो ओभर टाइम गर्ने पुस्ता हामि बनौं । आट्नुहोस युवा साथिहरु हातेमालो गर्दै कृषिमा देशलाई आत्मनिभर बनाउदै विना शंका निर्धक्क भयर खान सकिने स्वस्थ विषदी रहित कृषि उपजको उत्पादन गरौं । जय किसान । जय कृषि ।।
लेखक जलजला कृषक समूहका उपाध्यक्ष हुनुहुन्छ

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...