म्याग्दीको घोडेपानीमा बन्यो गुराँस पार्क, जाने होइन त घुम्न ?

Shreekrishna hardware

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा ‘गुराँस पार्क’ उद्यान निर्माण भएको छ ।
गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा चरा अवलोकन केन्द्र, वन्यजन्तुका लागि सानो प्राकृतिक स्वरूपको पोखरीसहित पार्क बनाइएको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।
उद्यान बनाउन डिभिजन वन कार्यालय, म्याग्दीले चालु आर्थिक वर्षमा रु. २० लाख बजेट विनियोजन गरेको थियो । ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाइएको छ ।
घना गुराँसे जंगलविचमा रहेको पार्क अवलोकन गर्न जाने पर्यटकको लागि शौचालय, चरा अवलोकन गर्नेहरुका लागि बेञ्च, पानी पर्दा, गर्मीमा ओत लाग्ने गोलघर बनाइएको कालीसार गुराँस पार्क निर्माण समितिका अध्यक्ष सुशील पुनले बताउनुभयो । पार्क भित्र ढुंगा बिछ्याएर पदमार्ग बनाइएको छ ।


सो पार्कबाट गुराँसको जंगलको पृष्ठभूमिमा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ । अघिल्लो वर्ष यही क्षेत्रमा हर्स राइडिङ ट्रेल, साइकलिङ ट्रेल र वर्ड वाचिङ पोइन्ट बनाइएको थियो ।
घोडेपानी–पुनहिल भ्रमणमा आउने पर्यटकको बसाई लम्बाउनका लागि गुराँसपार्क सहयोगी बन्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताउनुभयो । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जंगलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ ।

Shreekrishna
Ban devision notice


घान्द्रुकदेखि घोडेपानी–नागीसम्म सबैभन्दा ठूलो लालीगुराँसको जंगल छ । एक्यापको अभिलेख अनुसार नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ । त्यसमध्ये घोरेपानी क्षेत्रको जंगलमा ८ प्रजातिका पाइन्छन् । पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जंगलभित्र रहेको सुन्दर प्यारीवराह ताल पुगिन्छ ।
फर्कंदा प्यारीवराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोरेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सक्छन । प्यारीवराहदेखि घोडेपानीसम्मको घोडाचढी (पोन्नी ट्रेल) मा जान सकिन्छ ।


प्रदेश सरकारले अघिल्लो वर्ष रु. २५ लाख खर्चेर घोडेपानीदेखि कालीसार (गुराँस पार्क) हुँदै प्यारीवराह ताल पुगेर भल्खरा हुँदै घोडेपानी फर्कन करिब ७ किमि साइकल लेन, हर्स राइडिङ ट्रेल र प्यारीवराह ताल फन्को लगाउने पैदल मार्ग बनाएको थियो ।
डिभिजन वन अधिकृत मनोज रानाभाटले पार्कले पर्यापर्यटनमा योगदान पु¥याउने र घोडेपानीमा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास गर्नुभयो । डिभिजन वन कार्यालयले ३ वर्षअघि पनि अन्नपूर्ण–७ रिमा गाउँको सिरानमा रहेको नेसरानी सामुदायिक वनको ४० रोपनी घेराबन्दी गरी गुराँस पार्क बनाएको थियो । फूलबारीमा रु. १० लाख ७० हजार बजेटमा पार्क क्षेत्रलाई तारबार गरी छुट्याउने, गुराँस पार्क क्षेत्रमा एउटा गोलघर बनाइएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...