लायन्स क्लवद्धारा रगत समूह पहिचान र दन्त परिक्षण

khali

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ मा बिमवाङमा रगत समूह पहिचान र दाँत परिक्षण गरिएको छ ।
लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा शुक्रबार मालिका आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा २०० जनाको रगत समुह पहिचान र १५० जनाको दाँत परिक्षण गरिएको हो ।
क्लवका अध्यक्ष तथा ल्याब असिस्टेन्ट थमन गौतमले १० जनाको दाँत उखेलेको बताउनुभयो । शिविरको उद्घाटन गर्दै मालिका गाउँपाकिलाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मानिसको रक्त समुह पहिचान अति आवश्यक भएको र दाँतको स्वास्थ्यका लागि सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मालिका–७ का वडा अध्यक्ष टकलाल पुन, लायन्स क्लव आफ म्याग्दी दरवाङका रिजन चियर पर्सन मोतिराज गौतमको आतिथ्यता थियो । कार्यक्रममा बिमवाङ युवा क्लवका अध्यक्ष महेन्द्र गर्बुजा र क्लवका उपाध्यक्ष प्रेमलाल कडेलले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...