दानाको फुर्केरुखमा चट्याङ लागेर भेडा मरे

Add Samajik bikash office

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ वटा भेडा मरेका छन् ।
अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले शुक्रबार राती १ बजेतिर परेको चट्याङले लागेर ३९ वटा भेडा मरेका जानकारी दिनुभयो ।
बिहानै कृषकले भेडा मरेको जानकारी गराएपछि जनप्रतिनिधि, दाना प्रहरी चौकीका प्रतिनिधि, प्राबिधिक र स्थानीयबासीहरु घटनास्थलमा गएका थिए । चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।
घटनास्थल पुगेका अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले चट्यङले लाखौको पशुधनको क्षति भएको बताउनुभयो । रु. ११ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Bhautik ministry notice about road
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...