अन्नपूर्णमा साढे ५३ करोडको बजेट सार्वजनिक

Gandaki Ghumau

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु. ३५ करोड ५१ लाख ५९ हजार ६०० र पुजिगततर्फ रु.१८ करोड दुई लाख ८४ हजार बजेट बिनियोजन भएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।

रु. एक करोड ४७ लाख १० हजार आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको अन्नपूर्णले चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको रु. छ करोड २५ लाख ६ हजार अल्या बजेटलाई पनि बजेटको स्रोत मानेको छ । संघीय र प्रदेश सरकारले दिने अनुदान बजेटको प्रमुख स्रोत हो ।

Shreekrishna

चालु आर्थिक वर्षमा रु. ४८ करोड ६१ लाख ४२ हजार ५७९ बजेट बिनियोजन गरेको अन्नपूर्णले जेठ मसान्तसम्म कुल ५३ दशमलब ८८ प्रतिशत बजेट खर्च भएको छ । सामाजिक विकास शिर्षकमा रु. २१ करोड १९ लाख ४१ हजार ५०० रुपैयाँ बिनियोजन भएको छ । शिक्षामा सिकाई कुना निर्माण गर्न, हाम्रो विद्यालय राम्रो विद्यालय, अध्यक्षसँग विद्यार्थी भेटघाट कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

Gunasthariya Shiksya

स्वास्थ्यतर्फ गर्भवतीलाई अण्डा, सुत्केरीलाई भाले, घ्यू, बच्चालाई कपडा, पोषण पोका वितरण कार्यक्रमलाई आमासँग जनप्रतिनिधि कार्यक्रम बनाएको अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा रु. एक करोड ४३ लाख ५० हजार बिनियोजन गरेको छ । सुनौलो हजार दिनका आमाहरुको पोषण सुधारका लागि रु. दश लाख बिनियोजन भएको छ ।

युवा लक्षित कार्यक्रमलाई रु. ५८ लाख ५० हजार, लैगिङ्गक समानता तथा सामाजिक समावेशीकरण शिर्षकमा रु. ८३ लाख २० हजार बिनियोजन भएको छ । एक वडा एक गौरवको आयोजनाका रुपमा सडक स्तरोन्नति गर्ने कार्यक्रम बनाएको अन्नपूर्णले यातायात पूर्वाधार निर्माण गर्न रु. चार करोड ६४ लाख ५६ हजार बिनियोजन गरेको छ । गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद गर्न सबैभन्दा बढी रु. दुई करोड बिनियोजन भएको छ ।

एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण गर्न रु. ४४ लाख पाँच हजार र गोर्खा वेल्फेयरसँगको साझेदारीमा निर्माण हुने खानेपानी आयोजनाहरुका लागि थप रु. एक करोड ७२ लाख ९३ हजार ५९४ बिनियोजन भएको छ । आर्थिक विकासका क्षेत्रमा रु. दुई करोड ४० लाख बिनियोजन भएको छ । कृषिका लागि रु. एक करोड ३६ लाख १२ हजार र पशु सेवाका लागि रु. ४५ लाख ५५ हजार बिनियोजन भएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गर्न रु. ३१ लाख, गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमलाई रु. २३ लाख २० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रु. ५६ लाख ८५ हजार बिनियोजन भएको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफल पश्चात पारित भएको थियो । उपाध्यक्षले प्रस्तुत गरेको बजेटमाथी गाउँसभा सदस्यहरुबीच छलफल जारी छ । सभाका सदस्यहरुले नीति तथा कार्यक्रम र बजेटको तालमेल नभएको भन्दै अध्यक्ष र उपाध्यक्षको ध्यानाकर्षण गराएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...