बेनी । धवलागिरी गाउपालिकाका पहिरो पिडितलाई जापानमा अध्ययनरत बिद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।
धवलागिरी–७ शिवाङ घर भई हाल जापानमा रहनुभएका महेश बेलप्रसाद तुलाचनको पहलमा ६० हजार जापानी ऐन अथवा नेपाली ६५ हजार १६० रुपैयाँ सहयोग प्राप्त भएको हो ।
तुलाचनको नेतृत्वमा जापानको आल्ची बुन्क्यो युनिभर्सीटीको तेस्रो वर्षमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले सहयोग संकलन गरेका थिए । सो रकम गाँउपालिकाको प्रकोप ब्यवस्थापन कोषमा जम्मा गरिएको छ ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
गत असार २५ र २६ गतेको पहिरोका कारण घरबास गुमाएकाहरुको पुर्नस्थापनाका लागि धवलागिरी गाँउपालिकाले सहयोगको अपिल गरेको थियो । प्रभु बैंकको धवलागिरी शाखामा खोलिएको १५३०११०२४७८००२२२ नम्बरको प्रकोप ब्यवस्थापन कोषमा सहयोग गर्न सकिन्छ ।
स्वदेश तथा बिदेशबाट स्वच्छिक रुपमा सहयोग संकलन हुने क्रम जारी छ । धवलागिरीको मराङको विभिन्न ठाउँमा पहिरोमा परेर १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए ।
मराङ, धारापानी, ताकमका साथै मालिका गाँउपालिकाको बिम र देविस्थापन पनि पहिरोबाट बढी प्रभावित भएको थियो । बिममा ८ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए ।
![Malika RM Public notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/11/Malika-RM-Notice-1.jpg)