बेनी बजारको सौन्दर्यकरणमा वडा नम्बर ७को प्राथमिकता

khali

बेनी, । बेनी नगरपालिका–७, ले आ.व. २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ ।

म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण गरेमा सहज हुने वडाबासीको भनाई छ । वडा कार्यालयले बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरेको चालु आवमा भएका कार्यक्रमको समिक्षा तथा योजना प्राथमिकीकरण एवं विधागत सम्मान कार्यक्रममा हरेक बर्ष फरक फरक योजना कार्यान्वयन गर्ने गरी योजना बैंक बनाएर जाँदा सहज हुने बताइएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बस्तीस्तरबाट छनोट भएर आएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए । उनले गतवर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, वडाबासीले बस्तीस्तरबाट दिएका सुझावका आधारमा योजना छनोट गरिने बताउनुभयो ।

Shreekrishna hardwear in news

‘सदरमुकामको वडा भएकाले अन्य क्षेत्रबाट आउनेलाई समेत सहज हुने पूर्वाधारमा पनि प्राथमिकता दिनुपर्छ,’समुदायको सहभागितालाई प्राथमिकतामा राखेर नै योजना छनौट गर्नेछौ‘ अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँले वडाभित्रका सबै बस्ती र क्षेत्रलाई समेटेर योजना छनौट हुने बताउनुभयो । कार्यक्रममा निर्वतमान वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले वडाबासीको प्रत्यक्ष सहभागितामा आएका योजना विकासका दृष्टिले पनि बढी प्रभावकारी हुने भएकाले समेट्नुपर्ने बताउनुभयो ।

khali

कार्यक्रममा बिरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, स्थानीय अगुवा कुलप्रसाद श्रेष्ठ, क्षत्री समाजकी अध्यक्ष लक्ष्मी कार्की, यूवा देबेन्द्र क्षेत्री लगायत बोल्न अधिकांस वडाबासीले बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा वडाबासीको सुझावलाई कार्यान्वयन गर्न अनुरोध गरेका थिए ।

प्राथमिक उपचार केन्द्र, सार्वजनिक शौचालय, यात्रु प्रतिक्षालय, सडक दुर्घटना न्यूनीकरण, सिसि क्यामेरा जडान, कृषि क्षेत्रमा गर्नुपर्ने भावि योजना, खेलकुदका विभिन्न सुझाव, पर्यटनको आकर्षक गन्तव्यको पहिचान लगाएतका विषयलाई महत्व दिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य रमेश फगामी र वडा सचिव विनिता रेग्मीले सञ्चालन गर्नुभएको थियो ।

बेनी नगरपालिका–७ नम्बर वडा कार्यालयले विभिन्न विधाका १० जनालाई सम्मान गरेको छ । जेष्ठ नागरिक भूमिसरा घिमिरे, कार्यसम्पादनमा सहयोगी भूमिका खेल्ने बराहपाखो सामुदायिक बनका अध्यक्ष बिष्णु गौतम, उपभोक्ता समितिको तर्फबाट रहमद खाँ, कौसीखेतीतर्फ साधनाकुमारी श्रेष्ठ, सहयोगी उत्कृष्ट कार्यालयमा डिभिजन बन कार्यालय, म्याग्दीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी खेलकुदतर्फ पूरानो खेलाडी रोशन राना, उदयमान फुटबल खेलाडी अनुपम श्रेष्ठ, पुख्यौली पेशातर्फ भिमबहादुर विक, कृषि तथा पशुपालनमा सुरेश ढुगाना र पत्रकारिता क्षेत्रमा हरिकृष्ण गौतम, जेष्ठ नागरिक सुर्यलाल पूर्जालाई वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य सिर्जना श्रेष्ठ, सुजना किसान लगायतले कदरपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले वडाभित्र विभिन्न पेशामा आवद्ध रहेकालाई आगामी दिनमा समेत सम्मान सहितका कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...