दिच्यामका युवाले मन्दिर बनाए

Sinchai Khanipani notice

बेनी । म्याग्दीको मालिका गाउपालिका–६ दिच्यामका युवाले मन्दिर निर्माण गरेका छन् ।

दिच्याम युवा क्लवको नेतृत्वमा श्रमदान गरेर मालिका देवीको मन्दिर बनाएका हुन् । धर्म संस्कृतिको संरक्षण र धार्मिक पर्यटन विकासका लागि मन्दिर बनाएको क्लवका अध्यक्ष केशर थापाले बताउनुभयो ।

Bhautik ministry notice about road

मालिकामा पुग्न नसक्नेहरुले यही मन्दिरमा पुजा गर्न सक्ने उहाँले बताउनुभयो । क्लवका सचिव जितबहादुर नेपालीले स्थानीय युवाहरुले ६ दिन श्रमदान गरेर मन्दिर बनाएका बताउनुभयो । दैनिक १५ देखि २० जनाले श्रमदान गरेका थिए ।

Shreekrishna hardwear in news

मन्दिरमा पलास्टर र घेराबार गर्न बाँकी छ । यसका लागि गाँउपालिकासँग सहयोगको अपेक्षा गरेको क्लबका अध्यक्ष थापाले बताउनुभयो । मन्दिर बनाएर दिच्यामका युवाहरुले रचनात्मक र सिर्जनशिल कार्य गरेका भगवति आधारभूत विद्यालयका प्रअ जगतबहादुर खत्रीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...