पिच सडक भत्कनेगरी हिडाएको डोजर नियन्त्रणमा

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा कालोपत्र (पिच) सडक भत्कने गरी हिडाएको डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेनी–जोमसोम–कोरला को राष्ट्रिय राजमार्गमा गरिएको पिचलाई क्षति पुग्ने गरी हिडाइएको ग १ क ३८३५ नम्बरको डोजरलाई प्रहरीले मंगलबार गलेश्वरबाट नियन्त्रणमा लिएको हो ।
मेघा कन्ट्रक्सनको सो डोजरलाई नियन्त्रणमा लिएर गलेश्वर प्रहरी चौकी परिसरमा राखिएको हो । उध्रिने र क्षति पुग्ने भएकाले पिच सडकमा डोजर हिडाउन नपाउने नियम छ ।
सावधानी नअपनाई क्षति पुग्ने गरि पिच सडकमा चलाएको डोजरलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न परामर्शमा रहेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । सडकमा डोजर हिडाएको कारण पिच उप्किएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले डोजरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र कारबाहीको विषयमा सरकारी वकिलको कार्यालयसँग राय मागिएको बताउनुभयो ।
यसैगरी अन्नपूर्ण गाउँपालिका–६ घारमा कालोपत्रका लागि बिछ्याइएको प्राइमकोड उप्किनेगरी गाडी चलाइएको छ । ग १ ज ६७४६ नम्बरको जिप गुडाएर प्राइमकोड उक्काइएको हो ।
सो जिपलाई नियन्त्रणमा लिएर सडक आयोजना, निर्माण कम्पनी र सवारी धनीबीच सहमति गराइएको र ट्राफिक नियम अनुसार कारबाही गरिएको प्रहरीले जनाएको छ ।

Bhautik ministry notice about road


म्याग्दीका कालोपत्र सडक र मोटरेबल पुलहरुमा लापरबाही हिसाबले क्षति पुग्ने गरी चेन भएको डोजर चलाउने क्रम बढेको छ । डोजरको लोड र चेनले पिच उप्काउने गर्छ । पक्कि सडकमा डोजरलाई ट्रक, लरीमा राखेर ढुवानी गर्नुपर्ने हुन्छ । तर केहीले पिचमाथी टायर राखेर हिडाउने र नियमनकारी निकायको आँखा छलेर पिचमै हिडाउने गरेको पाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...