बेनीमा अन्तराष्ट्रिय योग दिवस मनाइयो

Gandaki Pardesh notice

बेनी, । बेनीमा बुधबार विभिन्न कार्यक्रम गरेर नवौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नविन आनन्द योग केन्द्रको आयोजनामा बेनीमा प्रभातफेरी, योग अभ्यासको नमुना प्रर्दशनी र योगको महत्व सम्बन्धी अन्तरक्रिया गरेर दिवस मनाइएको हो ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले योग मानव स्वास्थ्यका लागि उपभोगी भएको विज्ञानले पनि पुष्टि गरेको तथ्य रहेको र मानव जिवनको अभिन्न अंग भएको बताउनुभयो ।

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रका प्रमुख मधुकर जि ढकालले योगलाई शारिरिक अभ्यासको रुपमा मात्र नलिएर यसबाट मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र जिवनशैलीमा समेत परिवर्तन ल्याउन सकिने बताउनुभयो ।

Bhautik ministry notice about road

नविन आनन्द योग केन्द्रका अध्यक्ष सुरेन्द्रराज शर्माले उचित खानपान, व्यवहार र बिचारलाई मानिसलाई स्वस्थ, तनावमुक्त रहन सहयोग पुग्ने र त्यसका लागि योग उपयोगी माध्यम भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य निरिक्षक दामोदर शर्माको सञ्चालन र प्रेमप्रसाद गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा योग अभ्यासनको विभिन्न आसनको नमुना प्रर्दशनी गरिएको थियो । यस वर्षको दिवसको नारा मानवताका लागि योग भन्ने रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...