रघुगंगाका विद्यालयमा प्रहरीको सचेतना कार्यक्रम

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेका विद्यालयहरुमा प्रहरीको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
रघुगंगा गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको प्राविधिक सहयोगमा सडक सवारी सुरक्षा, साइबर क्राईम तथा लागू औषध दुव्र्यसन न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
दुर्घटना न्युनीकरण गरी साइबर क्राईम तथा लागू औषध नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जेठ ३१ ग्ते कालिका मावि, ३२ गते महादेव मावि, असार १ गते मुक्तिधाम मावि, ३ गते रघुगंगा मा.वि र ४ गते जनता मा.वि. दग्नाममा कार्यक्रम भएको थियो ।
गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलबार गाउँपाकिलाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको प्रमुख आतिथ्यता, प्रहरी नायव उपरीक्षक मदन कुुँवर, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, राष्ट्रिय अनुसन्धान अधिकृत बिजय पौडेल लगायतको उपस्थिति र ज्ञानोदय माविका विद्यार्थी, अभिभावक, शिक्षकहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम भएको थियो ।
असार ६ गते अम्मर मावि पाखापानी, ७ गते रितुङ मावि, ८ गते महेन्द्र मावि झिँ र १० गते अमर मावि पाखापानीमा प्रशिक्षण गरेर कार्यक्रम समापन गरिने तय भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...