बेनी बचतलाई राष्ट्रिय सहकारी बैंकको सम्मान

Add Samajik bikash office

बेनी, । राष्ट्रिय सहकारी बैंक लिमिटेडले म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थालाई शाखा स्तरीय उत्कृष्ट कारोबार बिधामा सम्मान गरेको छ ।
राष्ट्रिय सहकारी बैंकले आफ्नो १९ औ वार्षिक साधारणसभाको अवसरमा घोषणा गरेको उक्त सम्मान हालै एक समारोहका बीच वितरण गरिएको हो ।
बेनी बचतलाई आर्थिक वर्ष २०७८÷०७९ मा शाखा कार्यालय बाग्लुङसँग सदस्य सहकारी संस्थाले गरेको कारोबारको आधारमा शाखा स्तरीय उत्कृष्ट कारोबार बिधामा प्रशासापत्र प्रदान गरिएको हो ।
सहकारीका अध्यक्ष रमेश गिरी र प्रबन्धक सज्जन शाक्यलाई राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिका अध्यक्ष केबी उप्रेति र संघीय रजिष्ट्रार नवराज घिमिरेले प्रशसापत्र प्रदान गर्नुभएको थियो ।
२२ वर्षअघि स्थापना भएको बेनी बचतले सेयर सदस्यहरुलाई बचत, ऋण सुविधाका साथै विभिन्न सामाजिक काममा समेत योगदान गर्दै आएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...