नेकपा म्याग्दीको सेक्रेटरीमा राम सी चयन

Gandaki Ghumau

बेनी, । नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीको सेक्रेटरीमा राम सी (राम रुचाल) चयन हुनुभएको छ ।

नेकपाको धौलागिरि ब्युरोको मंगलबार बसेको बैठकले बेनी नगरपालिका–३ भकिम्लीका रामलाई म्याग्दी जिल्ला कमिटिको सेक्रेटरी चयन गरेको हो ।

Gunasthariya Shiksya

“पार्टीले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै पार्टीको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ,” उहाँले भन्नुभयो “यो अवसर र जिम्मेवारीलाई पूर्ण रुपमा पुरा गर्न जस्तो परिस्थितिमा तयार रहनेछु ।”

Shreekrishna

वि.स. २०५७ देखि कम्युनिष्ट आन्दोलनमा सक्रीय राम सीले यसअघि नेकपाको जिल्ला कमिटिको सचिवालय सदस्य, बेनी नगर कमिटिको इन्चार्ज, श्रमिक समुदायको केन्द्रीय सदस्य र ब्युरो संयोजकको जिम्मेवारी पुरा गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...